पेरिस ओलम्पिक : आफ्नै समर्थकमाथि कडाइ गर्दै चीन « Khabarhub

पेरिस ओलम्पिक : आफ्नै समर्थकमाथि कडाइ गर्दै चीन


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पेरिस ओलम्पिकमा आफ्नै देशका खेलाडीको प्रदर्शनलाई प्रभावित पारेको भन्दै चीनले खेल प्रशंसकहरूमाथि कडाइ गर्न थालेको छ ।

खेल दौरान अनुचित व्यवहार गरेको भन्दै चीन सरकारले कडाइ गरेको हो । प्रतिष्पर्धा भइरहँदा चिनियाँ खेल समर्थकले अनावश्यक हल्लाखल्ला गरेको र रेफ्रीमाथि बेकारमा आरोप लगाएको बताइएको छ ।

अगष्ट ३ मा टेबलटेनिसको महिला स्पर्धामा आफ्नै देशकी सुन यिंग्शालाई हराएपछि पैडलर चेनन मेङमाथि प्रशंसकहरूले अनुचित व्यवहार गरेका थिए ।

उनीहरूले मेङको आलोचना गर्दै सुनको समर्थनमा सामाजिक सञ्‍जालमा हजारौं पोस्ट गरेका थिए । तीनवटा म्याच खेलेकी सुन यिंग्शा थाकेका कारणमात्रै मेङले खेल जितेको टिप्पणी भएको थियो ।

चीनका सामाजिक सञ्‍जालमा सामूहिक रूपमै सो प्रतियोगितालाई लिएर घृणा र विवाद फैलाएको भन्दै चीनले १० हजारभन्दा बढी पोस्ट हटाइदिएको थियो । साथै, करिब ८०० सञ्जाल खाताहरू नै बन्द गरिदिएको थियो ।

सुन यिंग्शाका एक समर्थकले त चेन मेङ डोपिङमा फस्नुपर्ने र स्वर्णपदक सुनले पाउनुपर्नेसम्म लेखेका थिए । यस्तो पोस्ट गरेपछि मानिसहरू भड्किएका थिए ।

प्रतिष्पर्धाबारे आपत्तिजनक टिप्पणी गरेपछि २९ वर्षीया एक महिला प्रशंसकलाई चीनमा गिरफ्तार नै गरिएको छ ।

पेरिस ओलम्पिक शुरू हुनुअघि नै चीनले आफ्ना नागरिकमा रहेको खेल समर्थन संस्कृतिलाई लिएर चेतावनी जारी गरेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  १२ : ३८ बजे

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने

जलवायु परिवर्तन, जलवायु न्याय र घरपझोङ सम्मेलन : स्थानीय आवाजदेखि राष्ट्रिय एजेन्डासम्म

काठमाडौं– जलवायु परिवर्तन आज मानव सभ्यताले सामना गरिरहेको जटिल, बहुआयामिक

मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यक : मन्त्री मेहता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेस प्रदेशमा गुणस्तरीय

पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

काठमाडौं- पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब