भारत छिर्न लागेका हजार बंगलादेशीलाई जलपाईगुडीको सीमाक्षेत्रबाट फर्काइयो « Khabarhub

भारत छिर्न लागेका हजार बंगलादेशीलाई जलपाईगुडीको सीमाक्षेत्रबाट फर्काइयो


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.3k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- राजनीतिक तनाव र हिंसा बढ्दै गएपछि बंगलादेश छाड्ने नागरिकको संख्या बढ्न थालेको छ ।

बंगलादेशी नागरिकहरू असुरक्षाका कारण देश छाड्ने विकल्पमा लागेपछि अहिले भारतको सीमाक्षेत्रमा सीमा सुरक्षा बलले गस्ती तीव्र पारेको छ ।

पछिल्लो पटक बुधबार भारत छिर्न लागेका एक हजार जना बंगलादेशी नागरिकलाई भारतीय सीमा सुरक्षा बल (बीएसएफ) ले रोकेको छ ।

भारततिर छिर्न तयार भएर एकसाथ आएका उनीहरूलाई बीएसएफका जवानहरूले जलपाईगुडीनजिकै रोकिदिएका हुन् ।

नर्थ बंगाल फ्रन्टियरका अनुसार यी मानिसहरू बंगलादेशमा प्रदर्शनकारीको आक्रमणबाट जोगिन जम्मा भएर भारततिर छिर्न तयार थिए ।

शेख हसिनाले देश छाडेपछि हिन्दू बंगलादेशीमाथि अत्याचारको आरोप लागिरहेको छ । पश्चिम बंगालको जलपाईगुडीस्थित भारत-बांग्लादेश सीमामा १ हजार भन्दा धेरै बंगलादेशी हिन्दू पुगेको भारतीय सञ्चाररमाध्यमले जनाएका छन् । उनीहरू भारतमा प्रवेशका लागि आतुर देखिएका छन् ।

तर बीएसएफ र बोर्डर गार्ड बंगलादेशले देश छाड्न तयार यी बंगलादेशी सर्वसाधारणसँग संवाद गरेका थिए । त्यसपछि उनीहरू बंगलादेशतिरै अड्किएका छन् ।

बंगलादेशसँग जोडिएको अन्तर्राष्ट्रिय सीमामा अहिले बीएसएफ उच्च सतर्क अवस्थामा छ । उसले गस्ती तीव्र बनाएको छ ।

सोमबार बंगलादेश छोडेर भारत आएकी शेख हसिनाले आफ्ना अतिआवश्यक सामान र कपडासमेत बोक्न नपाएको खुलेको छ । उनलाई देश छाड्न सेनाले केबल ४५ मिनेटको समय दिएको थियो ।

सोमबार भारतको गाजियावादस्थित हिन्डन एयरफोर्स स्टेशनमा उत्रिएकी उनले त्यहाँस्थित सपिङ सेन्टरमा कपडा र अन्य आवश्यक सामान किनेकी छन् ।

अर्कातिर बंगलादेशमा आज अन्तरिम सरकार गठन हुँदैछ । १५ सदस्यीय यस सरकारको नेतृत्व नोबेल शान्ति पुरस्रका विजेता मोहम्मद युनुसले गर्दैछन् ।

यूनुस आज अपरान्ह ढाकामा उत्रिँदैछन् । राति ८ बजेर ३० मिनेटमा उनले सरकारको शपथ ग्रहण समारोहमा भाग लिनेछन् । ढाका ट्रिब्युनका अनुसारशपथ समारोहमा करिब ४ सय मानिस सहभागी हुनेछन् ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ३ : २१ बजे

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार