झिनो अंकले बढ्यो नेप्से, कारोबार २० अर्ब बढी  « Khabarhub

झिनो अंकले बढ्यो नेप्से, कारोबार २० अर्ब बढी 


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ । २८ सय पार गरेको नेप्से बजार बन्द हुँदासम्ममा ६.७० अंकले बढेको छ । आज नेप्सेले २ पटक २८ सयको विन्दु पार गर्दा २० अर्ब बढीको कारोबार भएको छ । आज नेप्से ०.२४ प्रतिशतले बढेर २७६६.३८ विन्दुमा पुगेको छ । 

नेप्से झिनो अंकले बढ्दा २० अर्ब ७ करोड ४ लाख ३४ हजार रुपैयाँको ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता शेयर किनबेच भएको छ । आज प्रि ओपन सेसनमा १३ अंकले बढेर सुरु भएको शेयर बजार खुल्न साथ उकालो लागेको थियो । 

११ः१९ मा नेप्सेले २८ सयको विन्दु पार गरेको थियो भने ११ः२९ मा भने फेरी २८ सय तल झरेको थियो । दोस्रो पटक फेरी ११ः४४ मा नेप्सेले २८ सयको विन्दु पार गरेको थियो । १२ः६ बाट भने फेरी नेप्से २८ सय तल झर्दा फेरी भने २८ सयको विन्दुमा पुगेन । 

बजार निरन्तर घटेर १२ः२८ मा २७४७ विन्दुसम्म आएको नेप्से आज त्यो भन्दा तल भने झरेन । त्यसपछि पनि नेप्सेको उतार चडाव त कायम रह्यो तर बजार बन्द हुँदा भने नेप्से झिनो अंकले बढ्यो । 

आज बजार झिनो अंकले बढ्दा पनि समूहमा भने बढी रातो देखियो । १३ वटा समूहमध्ये ६ वटा समूह हरियो देखिँदा ७ वटा समूह भने राताम्य भए । प्रतिशतका आधारमा आज सबैभन्दा बढी उत्पादन समूह ५.८७ प्रतिशतले बढेर ८१८५.९५ विन्दुमा पुग्यो । आज सबैभन्दा बढी घट्ने १.२७ प्रतिशतले घटेर ७४२७.६९ विन्दुमा होटल एण्ड टुरिजम समूह पुग्यो । 

बजार बढ्दा पनि बढी कम्पनीले भने गुमाएको देखियो । बजार बन्द हुँदा ७९ वटा कम्पनीको शेयर मूल्य बढ्दा १६० वटा कम्पनीको शेयर मूल्य घट्यो । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो । 

आज दिनभरमा ३२२ वटा कम्पनीको २ लाख ९ हजार ९६५ पटक शेयर किनबेच भयो । आज ९ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने थप २ कम्पनीको शेयर मूल्य पनि ८ प्रतिशत भन्दा बढीले बढ्यो ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ३ : ३४ बजे

वैशाखको पहिलो साता विपद्का १४६ घटना, ७ जनाको मृत्यु

काठमाडौं-२०८३ वैशाख महिनाको पहिलो साता (१ देखि ६ गतेसम्म) देशभर

राप्ती नदीमा भेटियो १७ घडियालको गुँड

चितवन– राप्ती नदीमा १७ घडियाल गोहीको गुँड भेटिएको छ । चितवन

अनिश्‍चितताबीच पाकिस्तानमा यस्तो छ इरान-अमेरिका वार्ताको तयारी (तस्बिरहरू)

इस्लामावाद- पाकिस्तानको राजधानी इस्लामाबादमा इरान-अमेरिका अर्को वार्ता हुँदैछ। ११–१२ अप्रिलमा

संयुक्त राष्ट्रसङ्घको महासचिव बन्न चार जनाको दाबेदारी

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसङ्घको आगामी महासचिव चयन प्रक्रिया यसपटक असामान्य

‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’

महेन्द्रनगर– मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले