नगर प्रहरीलाई कसैको दवावमा नपरी काम गर्न निर्देशन « Khabarhub

नगर प्रहरीलाई कसैको दवावमा नपरी काम गर्न निर्देशन


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले कसैको दवाव वा प्रभावमा नपरी काम गर्न नगर प्रहरीलाई निर्देशन दिएका छन् ।

बिहीबार ललितपुरमा महानगरद्वारा प्रकाशित तस्वीरमा–नगर प्रहरी नामक पुस्तकको बिमोचन गर्दै महर्जनले नागरिकको सेवामा केन्द्रीत भइ कसैको दवाव वा प्रभावमा नपरी काम गर्न नगर प्रहरीलाई निर्देशन दिएका हुन् ।

 नगर प्रहरीले नागरिकमैत्री भएर सकारात्मक काम गरिरहेको भन्दै उनले महानगरबाट भएका निर्णय विवादरहित तवरले कार्यान्वयन गर्न सफल भएको समेत बताए ।

महर्जनले महानगरभित्रका मूर्त तथा अमूर्त सम्पदा संरक्षणमा शून्य सहनशीलताको नीतिअनुसार काम गरिरहेको जिकिर गरे । उनले आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण सम्पदालाई सम्मान र व्यवस्थापन गर्दै सुधारका लागि अघि बढेको धारणा राखे ।

पुस्तकमा नगर प्रहरीले कार्यसम्पादनको सिलसिलामा गरेका सुधार कामहरूलाई समेटिएको तस्वीर समावेश गरिएको छ । 

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ४ : ०२ बजे

सभामुखलाई हर्कले भने- प्रधानमन्त्री ल्याउनुस्, नत्र मलाई निकाल्नुस्

काठमाठौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभा बैठक बहिष्कार

सडकमा जेन-जीको नारा : भ्रम होइन, जनतालाई न्याय चाहियो

काठमाडौं– मानव अधिकार आयोगको जेन-जी आन्दोलन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सुविधा थैलीको दररेट परिवर्तन

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचारका लागि सुविधा थैलीको दररेट

एसियाली खेलकुद : टस जितेर चीनविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसियाली खेलकुद अन्तर्गत बुधबार नेपाली महिला क्रिकेट टोलीले

हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार

काठमाडौँ – जनताका प्रश्नको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधि