पेरिस ओलम्पिक : शीर्ष स्थानको अमेरिकाले कटायो सय पदक « Khabarhub

पेरिस ओलम्पिक : शीर्ष स्थानको अमेरिकाले कटायो सय पदक


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

पेरिस – पेरिस ओलम्पिकमा चीनसँग प्रतिस्पर्धा गरिरहेको अमेरिकाले सय बढी पदक जितेको छ। बिहीबार रातिसम्ममा अमेरिकाले ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित कुल १०३ पदक जितेको हो।

प्रतिस्पर्धामा रहेको दोस्रो स्थानको चीनले भने ७३ पदक पाएको छ। स्वर्ण पदकका लागि चर्को प्रतिस्पर्धामा रहेको चीनले अमेरिकाभन्दा एक पदक मात्र कम जितेको छ। चीनले २९ स्वर्ण पदक जितेको हो। चीनले २९ स्वर्ण, २५ रजत र १९ कास्यसहित ७३ पदक पाएको हो।

तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण, १४ रजत र १३ कास्यसहित ४५ पदक जितेको छ भने फ्रान्सले १४ स्वर्ण १९ रजत र २१ कास्यसहित ५४ पदक जितेको छ। युके, दक्षिण कोरिया र जापानले समान १३–१३ स्वर्ण जितेका छन्।

युकेले १३ स्वर्ण, १७ रजत र २१ कास्यसहित ५१ पदक पाएको छ। दक्षिण कोरियाले १३ स्वर्ण, ८ रजत र ७ कास्यसहित २८ पदक पाउँदा जापानले १३ स्वर्ण ७ रजत र १३ कास्य गरेर ३३ पदक पाएको छ। नेदरल्यान्ड्स ११ स्वर्ण पदक पाउँदा इटालीले १० स्वर्ण पाएको छ।

ओलम्पिकमा सहभागी दुई सय भन्दा बढी देशका खेलाडीहरू विभिन्न ३२ वटा विधाका खेलमा कुल ३२९ वटा पदकका लागि प्रतिस्पर्धा गरिराखेका छन्। अहिलेसम्म ८० देशले मात्र पदक जितेका छन्।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ७ : ०३ बजे

बागमती प्रदेशसभा बैठक बस्दै

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज बस्दैछन् । बैठक बिहान ११

मधुवा रोगको समस्याले किसान चिन्तित

बाँके– बाँकेमा आँपको फल लाग्ने बेला यस वर्ष मधुवा रोगको

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु, पहिलो दिन नौ जनाले गरे आरोहण

म्याग्दी– धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ ।

हर्मुज पुनः बन्द गर्ने इरानको निर्णय, इन्धनको विश्वव्यापी मूल्य बढ्ने त्रास

तेहरान – इरानले सामरिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ

आजदेखि भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै

भोजपुर– नवौँ संस्करणको भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ