पेरिस ओलम्पिक : शीर्ष स्थानको अमेरिकाले कटायो सय पदक | Khabarhub Khabarhub

पेरिस ओलम्पिक : शीर्ष स्थानको अमेरिकाले कटायो सय पदक


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

पेरिस – पेरिस ओलम्पिकमा चीनसँग प्रतिस्पर्धा गरिरहेको अमेरिकाले सय बढी पदक जितेको छ। बिहीबार रातिसम्ममा अमेरिकाले ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित कुल १०३ पदक जितेको हो।

प्रतिस्पर्धामा रहेको दोस्रो स्थानको चीनले भने ७३ पदक पाएको छ। स्वर्ण पदकका लागि चर्को प्रतिस्पर्धामा रहेको चीनले अमेरिकाभन्दा एक पदक मात्र कम जितेको छ। चीनले २९ स्वर्ण पदक जितेको हो। चीनले २९ स्वर्ण, २५ रजत र १९ कास्यसहित ७३ पदक पाएको हो।

तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण, १४ रजत र १३ कास्यसहित ४५ पदक जितेको छ भने फ्रान्सले १४ स्वर्ण १९ रजत र २१ कास्यसहित ५४ पदक जितेको छ। युके, दक्षिण कोरिया र जापानले समान १३–१३ स्वर्ण जितेका छन्।

युकेले १३ स्वर्ण, १७ रजत र २१ कास्यसहित ५१ पदक पाएको छ। दक्षिण कोरियाले १३ स्वर्ण, ८ रजत र ७ कास्यसहित २८ पदक पाउँदा जापानले १३ स्वर्ण ७ रजत र १३ कास्य गरेर ३३ पदक पाएको छ। नेदरल्यान्ड्स ११ स्वर्ण पदक पाउँदा इटालीले १० स्वर्ण पाएको छ।

ओलम्पिकमा सहभागी दुई सय भन्दा बढी देशका खेलाडीहरू विभिन्न ३२ वटा विधाका खेलमा कुल ३२९ वटा पदकका लागि प्रतिस्पर्धा गरिराखेका छन्। अहिलेसम्म ८० देशले मात्र पदक जितेका छन्।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ७ : ०३ बजे

अमेरिका र साउदी अरबबीच एक नील ९३ खर्बको हतियार किनबेच सम्झौता

एजेन्सी – अमेरिका र साउदी अरबबीच १४२ अर्ब अमेरिकी डलर

धवलागिरि आरोहणको ६५ वर्ष पूरा, दिवस मनाइयो

गण्डकी – संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही