जापानका प्रधानमन्त्री किशिदाले गरे विदेश भ्रमण रद्द | Khabarhub Khabarhub

जापानका प्रधानमन्त्री किशिदाले गरे विदेश भ्रमण रद्द


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानमा सम्भावित ‘महाभुकम्प’को पूर्वतयारी गर्नुपर्ने भूगर्भविद्ले चेतावनी दिएपछि जापानका प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार मध्य एसियाको भ्रमण रद्द गरेका छन्। 

जापानको दक्षिणी क्षेत्रमा ७.१ म्याग्निच्यूडको भूकम्पका कारण बिहीबार आठ जना घाइते भएपछि जापानको मौसम विज्ञान निकाय (जेएमए) ले बिहीबार परामर्श जारी गरेको हो ।

किशिदाले शुक्रबारदेखि कजाकिस्तान, उज्बेकिस्तान र मंगोलियाको भ्रमण गर्ने कार्यक्रम थियो । उनले क्षेत्रीय शिखर सम्मेलनमा पनि भाग लिने कार्यक्रम तय भएको थियो । 

‘प्रधानमन्त्रीको हैसियतमा संकट व्यवस्थापनको सर्वोच्च जिम्मेवारी भएकोले मैले कम्तीमा एक हप्ता जापानमा नै रहने निर्णय गरेँ, ‘ उनले भने । 

किशिदाले सन् २०११ मा गएको ९.० म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि जापानको मौसम पूर्वानुमान निकायले तयार पारेको नयाँ प्रणालीअन्तर्गत पहिलो परामर्श जारी गरेपछि जनता निकै चिन्तित भएको हुनसक्ने र यस्तो अवस्थामा विदेश जानु राम्रो नहुने निश्कर्षमा पुगेको बताए । 

दक्षिणी टापु क्युशूमा बिहीबार गएको भूकम्पका कारण ट्राफिक बत्ती र कारहरू हल्लिएका थिए र भाँडाकुँडाहरू अलमारीबाट खसेका थिए, तर कुनै गम्भीर क्षति भने भएको छैन ।

आगलागी तथा विपद् व्यवस्थापन निकायले भूकम्पका कारण ठूलो क्षति नपुगेको तर केही व्यक्ति घाइते भएको जनाएको छ ।

चारवटा प्रमुख टेक्टोनिक प्लेटको टुप्पोमा रहेको १२ करोड ५० लाख जनसङ्ख्या रहेको जापानी द्वीपसमूहमा साना ठूला गरी हरेक वर्ष करिब एक हजार ५०० वटा भूकम्प आउने गरेका छन् ।

उन्नत भवन प्रविधि र राम्रो आपतकालीन उद्धार अभ्यासका कारण ठूला कम्पनमा पनि प्रभाव सामान्य रहनु जापानी विशेषता हो । सरकारले आगामी ३० वर्षमा महाभूकम्प जाने सम्भावना ७० प्रतिशत रहेको बताएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १२ : ४५ बजे

अमेरिका र साउदी अरबबीच एक नील ९३ खर्बको हतियार किनबेच सम्झौता

एजेन्सी – अमेरिका र साउदी अरबबीच १४२ अर्ब अमेरिकी डलर

धवलागिरि आरोहणको ६५ वर्ष पूरा, दिवस मनाइयो

गण्डकी – संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही