एएफसी च्यालेन्ज लिगको प्लेअफकाे तयारी अन्तिम चरणमा « Khabarhub

एएफसी च्यालेन्ज लिगको प्लेअफकाे तयारी अन्तिम चरणमा


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्लेअफका लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

शुक्रबार ललितपुरस्थीत एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै चर्च ब्वाइजले साउन २९ गते दशरथ रंगशालामा हुने उक्त खेलको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

उक्त खेलका लागि चर्च ब्वाइजले ३ विदेशी सहित २३ जना खेलाडी अनुबन्ध गरेको जनाएको छ । टोलीको कप्तानी अनन्त तामाङ र उपकप्ताको जिम्मेवारी एरिक विष्टले पाएको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए ।

उनले टिमप्रति सन्तुष्ट रहेको र राम्रो नजिता आउने बताए । छोटो समयमा पनि टीमले तयारी गरेको र यसबीचमा भएको आन्तरिक मैत्रीपूर्ण खेल राम्रो देखिएको उनको भनाइ छ ।

महर्जनले भुटानी टोली पारो एफसीको टिममा विदेशी खेलाडी धेरै भए पनि चर्च ब्वाइजले होम ग्राउन्डका फाइदा उठाउने विश्वास व्यक्त गरे ।

उक्त खेलका लागि साधारण प्याराफिट तर्फको टिकट रु दुई सय र भिआइपी प्याराफिटको टिकट ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस खेलसंगै दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता पनि फर्किएको छ । प्लेअफको विजेताले एएफसी च्यालेन्ज लिगको समूह चरण खेल्नेछ । समूह चरणका खेलहरू अक्टोबर २६ देखि हुनेछ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ३ : ०६ बजे

जहिलेसम्म ज्ञानको खाँचो भइरहन्छ पढ्नै पर्छ : साहित्यकार कृष्ण उदाशी

मोरङ– केही समयअघि प्रकाशित ‘पानीको पर्खाल’ कवितासङ्ग्रहका लेखक हुन्– साहित्यकार

पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा जाँदै

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा भ्रमणमा जाने भएका

मन्त्रीलाई आइफोन दिने चर्चा ‘गलत र कपोलकल्पित’ : सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रत्येक

वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार

हावाहुरीले पर्खाल भत्किँदा सिरहामा एक महिलाको मृत्यु

सिरहा– सिरहामा शनिबार साँझ आएको हावाहुरीका कारण घरको पर्खाल भत्किँदा