बंगलादेशका हिन्दूसहित अल्पसंख्यकको पक्षमा भारतको नयाँ कदम « Khabarhub

बंगलादेशका हिन्दूसहित अल्पसंख्यकको पक्षमा भारतको नयाँ कदम


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतले बंगलादेशमा जारी अशान्ति र तनावपूर्ण अवस्थाको निगरानीका लागि एक समिति बनाउने निर्णय गरेको छ ।

यो समिति बंगलादेशी हिन्दूहरूको सुरक्षा सुनिश्चित गर्ने प्रयासमा जुट्ने छ।

भारतीय गृहमन्त्री अमित शाहले शुक्रबार एक ट्वीट गर्दै यसबारेमा जानकारी दिएका हुन् ।

‘बंगलादेशमा जारी तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै मोदी सरकारले भारत-बंगलादेश सीमा (आईबीबी) मा जारी अवस्थाको निगरानीका लागि एक समिति गठन गरेको छ’, उनले भनेका छन् ।

उनका अनुसार यो समिति बंगलादेशमा आफ्ना समकक्षी अधिकारीसँग संवादमा रहने छ । यो समितिले बंगलादेशमा नियमित संवादमा रहेर त्यहाँका भारतीय नागरिक, हिन्दु र अन्यअल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्ने छ । यस समितिको अध्यक्षता एडीजी, सीमा सुरक्षा बल र पूर्वी कमानले गर्नेछन् ।

बंगलादेशमा शेख हसिनाले देश छोडेर गएपछि सामाजिक सञ्जालमा हिन्दुहरूको सम्पत्ति र मन्दिरमा हमला गरिएका समाचार लगातार आइरहेका छन् ।

भारतका विदेश मन्त्री एस. जयशंकरले ६ अगस्टमा बंगलादेशको अवस्थाबारे सम्बोधन गरेका थिए ।

‘जुन कुराले हामीलाई सबैभन्दा चिन्तित बनाएको छ, त्यो हो बंगलादेशमा रहने अल्पसंख्यकको मुद्दा । उनीहरूको पसल र कयौँ स्थान‍का मन्दिरमा आक्रमणको खबर आएको छ। तर अहिले पनि हामीलाई यसबारेमा पूरा जानकारी आइसकेको छैन ।’

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ५ : ३८ बजे

इरानले हिन्द महासागरमा थाल्यो ‘अपरेशन ट्रु प्रमिस ४’, निशानामा अमेरिकी जहाज

तेहरान- इरानले हिन्द महासागरमा ‘अपरेशन ट्रु प्रमिस ४’ सञ्चालन गरेको

‘निर्वाचनको पूर्वव्यवस्था सबै सम्पन्न भइसकेको छ’

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको

इरानी वायुसेनाले मध्यपूर्वस्थित अमेरिकी बेसहरूलाई निशाना बनायो

तेहरान- इरानी सेनाले मध्यपूर्वस्थित अमेरिकी बेसहरूमा फेरि हमला थालेको छ

तस्बिरमा यस्तो देखियो कांग्रेस काठमाडौं १० को चुनावी सभा

काठमाडौं– नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १० मा चुनावी सभा

माओवादी पूर्वकेन्द्रीय सदस्य र रास्वपा बागमती सदस्यसहित ११ जना एमालेमा प्रवेश, बादलले गरे स्वागत

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ११ जना