कानुनमन्त्रीले भने- कानुन संशोधनबाट बलात्कारलाई वर्गीकरण गरौँ « Khabarhub

कानुनमन्त्रीले भने- कानुन संशोधनबाट बलात्कारलाई वर्गीकरण गरौँ


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जबरजस्ती करणीलाई वर्गीकरण गर्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाअन्तर्गत कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

कानुन न्याय तथा मानव अधिकार समितिमा सांसदहरूले बलात्कारको कानुन संशोधन गर्नुपर्ने सुझाएपछि मन्त्री चौरसियाले पनि त्यो आवश्यक रहेको बताए ।

उनले आफ्ना कुरा राख्ने क्रममा दुई जना केटाकेटी कहीँ कतै जाँदा एउटै भर्सन हुने (मिलेर जाने) तर फर्किएपछि अनेक किसिमका मुद्दा लगाउने गरिएको भन्दै नयाँ परिभाषा खोजेका हुन् ।

‘जबरजस्ती करणीको सम्बन्धमा ‘क्याटेगोरी’ छुट्याउनु आवश्यक छ। कम उमेरका कहीँ जान्छन्, जाँदासम्म केटा र केटीको मन मिलेको हुन्छ, एउटै भर्सन हुन्छ । पछि घरमा आएपछि केटीको मन चेन्ज हुन्छ । आमाबुवातिर पनि हेर्छन्, परिवारको मान प्रतिष्ठाको पनि कुरा आउँछ । अनि अनेक किसिमका मुद्दा लाग्ने गरेका छन् । त्यो कानुनमा सुधार गर्नुपर्छ,’ उनले भने ।

अहिले कारागारमा पनि विभिन्न प्रकारका समस्या रहेको पनि बताएका छन् । राष्ट्रले धान्नसक्ने संशाधनभित्र रहेर बाल सुधारगृह र कारागारबारे उनले सांसदहरूसँग सुझाव पनि मागे ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ५ : ५५ बजे

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित