मोहम्मद युनुसलाई पाकिस्तानी प्रधानमन्त्रीले शरिफले दिए बधाई « Khabarhub

मोहम्मद युनुसलाई पाकिस्तानी प्रधानमन्त्रीले शरिफले दिए बधाई


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले बङ्गलादेशी सरकारका नवनियुक्त मुख्य सल्लाहकार प्रोफेसर मोहम्मद युनुसलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत् उनले शुक्रबार युनुसलाई बधाई दिएका हुन् ।

बङ्गलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकारका रूपमा नोबेल पुरस्कार विजेता युनुसले बिहीबार शपथ लिए ।

पाकिस्तानी प्रधानमन्त्री शरिफले एक्समा लेखेका छन्, ‘पिपुल्स रिपब्लिक अफ बङ्गलादेशको सरकारका मुख्य सल्लाहकार प्रोफेसर मोहम्मद युनुसलाई बधाई ।’

उनले आगामी दिनमा पाकिस्तान र बङ्गलादेशबीच गहिरो सहयोगका लागि युनुससँग काम गर्न उत्सुक रहेको पनि उल्लेख गरेका छन् ।

‘बङगलादेशको समृद्ध भविष्यको दिशामा मार्गदर्शन गर्नमा उहाँ (युनस) को सफलताका लागि प्रार्थना गर्दछु,’ शरिफले लेखेका छन्, ‘आउने दिनमा पाकिस्तान र बङ्गलादेशबीचको सहयोग गहिरो बनाउन उहाँसँग काम गर्न उत्सुक छु ।’

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ६ : १५ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा