मोटरसाइकल चोरी गरेको आरोपमा तीन जना पक्राउ | Khabarhub Khabarhub

मोटरसाइकल चोरी गरेको आरोपमा तीन जना पक्राउ


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ललितपुरको बालकुमारी र भक्तपुरको कौशलटारमा मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा झापा कमल गाउँपालिका घर भई हाल काठमाडौं सीतापाइला बस्ने ३० वर्षीय युवराज राई, सोही ठाउँ बस्ने २१ वर्षीय नवीन भट्टराई र मकवानपुरको बागमती गाउँपालिका–३ घर भएका २१ वर्षीय प्रेमबहादुर पाख्रिन रहेका छन् ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक विश्वराज खड्काले राई र भट्टराईलाई बालकुमारी र पाख्रिनलाई कौशलटारबाट पक्राउ गरिएको जानकारी दिए ।

बागमती प्रदेश ०२–०४९ प २५१३ नंको मोटरसाइकललाई चोरी गरी नम्बर परिवर्तन गरेर प्रदेश २–०२–०२७ प ४३२३ नं बनाएर चलाएकाले भट्टराई र राईलाई पक्राउ गरिएको प्रवक्ता खड्काले बताए ।

नियन्त्रणमा आएका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ । प्रहरीले आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १० : ५२ बजे

रुकुम पूर्वको सदरमुकाम रुकुमकोट तोकियो, यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय

काठमाडौं- संघीय सरकारले रुकुम (पूर्वी भाग) जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिकाको

कागेश्वोरी मनोहरा नगरभित्र तरुण दल अधिवेशन सुरु 

काठमाडौं– बिहीबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र न. २ अन्तर्गत नेपाल तरुण दल

इजरायलको गुफामा एक लाख वर्ष पुरानो हड्डी भेटियो, शव गाड्ने संस्कारबारे जानकारी पाइने

जेरुसलेम- पुरातत्वविद्हरूले इजरायलको एक गुफामा संसारको सबैभन्दा पुरानो गाड्ने स्थानहरू

जलवायु कदम कानुनी दायित्व हुने अन्तर्राष्ट्रिय अदालतको निर्णय

काठमाडौं– अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले जलवायु परिवर्तनसँग सम्बन्धित राष्ट्रहरूको कानुनी

अर्थसंक्षेप : दुई कोषका ऐन संशोधन हुने, नेप्से बढ्यो र ६ अर्ब लगानीमा हवाई इन्धन डिपो सारिँदै

कर्मचारीलाई घरघडेरी बेच्न र लगानी बढाउन दुई कोषका ऐन संशोधन