आज यी प्रदेशमा ठूलो वर्षाको सम्भावना, सतर्क रहन अनुरोध « Khabarhub

आज यी प्रदेशमा ठूलो वर्षाको सम्भावना, सतर्क रहन अनुरोध


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज देशभर आंशिकदेखि साधारणतया मौसम बदली रहने छ । कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया मौसम बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा कोशी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले सबैमा अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ५ बजेर ३२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४६ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ६ : १५ बजे

हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु

बागमती- लामो समयदेखि बन्द हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन- भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार

सुनका गहना सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट)- उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै ठगी

नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा सङ्कटमा

भजनी (कैलाली)- नदी उत्खनन्का कारण बर्दिया राजापुर सोनाहा जातिको सुन

गायक यम बराल अस्पताल भर्ना

काठमाडौं – गायक यम बराल गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको खबर