झापामा विपन्नका लागि सत्रसय घर निर्माण « Khabarhub

झापामा विपन्नका लागि सत्रसय घर निर्माण


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा पछिल्लो सात वर्षमा ‘सुरक्षित आवास कार्यक्रम’अन्तर्गत एक हजार सात सय ४२ घर निर्माण भएका छन् ।

स्थानीय तह, ह्याविट्याट फर ह्युमानिटी इन्टरनेशनल नेपाल र सहारा नेपालको संयुक्त साझेदारीमा आठ स्थानीय तहमा ती घर निर्माण गरिएका हुन् ।

‘सहारा नेपाल’का सुरक्षित आवास कार्यक्रम संयोजक भीमप्रसाद भेटवालका अनुसार २०७४ सालमा आएको बाढीबाट विस्थापितका लागि सात सय २५ अस्थायी आवाससहित झापा र मोरङमा गरी दुई हजार नौ सय ९८ घर निर्माण गरिएका छन् ।

त्रिपक्षीय साझेदारीमा निर्माण हुने सुरक्षित आवासका लागि निम्न आय भएका र आफ्नो घर बनाउन नसक्ने परिवारका लागि सुरक्षित आवास प्रदान गरिने संयोजक भेटवालले बताए ।

‘सम्बन्धित स्थानीय तहको वडाले त्यस्ता लाभग्राहीको नाम छनोट गर्दछन्’, उनले भने, ‘वडाको सिफारिसका आधारमा ह्याविट्याट, सहारा नेपाल र स्थानीय तहको संयुक्त टोलीले अनुगमन गरेर मात्र नाम छनोट हुन्छ ।’

जग्गा भएकाको हकमा उनीहरुकै जग्गामा घर निर्माण गर्ने गरिन्छ भने जग्गा नभएकाको हकमा स्थानीय तहले जग्गा यकिन गरेर निस्सा उपलब्ध गराएपछि मात्र घर निर्माण गरिन्छ ।

झापा र मोरङ जिल्लामा निर्माण भएका घरको ढाँचाअनुसार प्रतिघर लागत मूल्य एक लाख ८५ हजारदेखि ६ लाख २३ हजारसम्म (जन श्रमदानबाहेक) रहेको सहारा नेपालका राजु गिरीले जानकारी दिए ।

झापामा निर्माण भएका घर १६ फिट लम्बाइ र २० फिट चौडाइका रहेका छन् । बरण्डासहित दुई कोठा र एउटा भन्साकोठा तथा सबै घरमा शौचालय अनिवार्य गरिएको छ । मोरङ जिल्लामा निर्माण भएका घर १७.६७ फिट लम्बाइ र २२ फिट चौडाइका छन् ।

झापा गाउँपालिका सबैभन्दा बढी आठ सय ५० घर निर्माण भएका छन् । आव २०८०–८१ मा एक सय २० घर निर्माण भएको सहारा नेपालले जनाएको छ ।

गाउँपालिकाको सहकार्यमा निर्मित घरमा हस्तान्तरण नभए पनि लाभग्राहीले बसोबास सुरु गरिसकेका छन् । हल्दीबारी गाउँपालिका ३२, बिर्तामोड नगरपालिकामा पाँच सय १४, अर्जुनधारा नगरपालिकामा ५४, गौरीगञ्ज गाउँपालिकामा ८६, भद्रपुर नगरपालिकामा १५, बाह्रदशी गाँउपालिकामा ३३ र कनकाई नगरपालिका एक सय ५८ घर निर्माण गरिएका छन् ।

मोरङको बेलबारी नगरपालिकामा एक सय एक, धनपालथान गाउँपालिकामा ३९ तथा कानेपोखरी गाउँपालिकामा ५५ घर निर्माण भएका छन् भने २८ घर निर्माणाधीन अवस्थामा रहेका सहारा नेपालले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ८ : ५५ बजे

विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको

भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा अहिले नेपाल

नेपाली क्रिकेट टोलीको व्यस्तता : नेदरल्यान्ड्स जानुअघि जर्सीसँग दुई एकदिवसीय खेल्ने

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप क्रिकेट लिग–२

कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक आज बस्दैछ ।

हुलाकमार्फत घरघरमै राहदानी

रौतहट– जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालय