जुवातास खेलिरहेको अवस्थामा ‘सक्किगोनि’का कलाकारसहित ११ जना पक्राउ | Khabarhub Khabarhub

जुवातास खेलिरहेको अवस्थामा ‘सक्किगोनि’का कलाकारसहित ११ जना पक्राउ


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


47.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-८ गौरिघाटस्थित काभ्रे बनेपा नगरपालिका-१२ घर भएका ४१ वर्षीय राजु महतको कोठामा जुवातास खेलिरहेको अवस्थामा हास्यटेलिशृंखला ‘सक्किगोनि’का कलाकार पुरुषोत्तम आचार्यसहित ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

आचार्य ‘सक्किगोनि’मा  प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिँदै आएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७० हजार रुपैयाँ र १६ बुक तास सहित पक्राउ गरेको हो । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ५ : २५ बजे

तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ ।‍  नेपाल सुनचाँदी

पहिरोले कागबेनी–कोरला सडक अवरुद्ध

मुस्ताङ– मुस्ताङस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक

जनार्दनलाई कोशी अध्यक्ष नेम्बाङको सुझाव : अरुको कुरा सुन्नुस्

काठमाडौं – नेकपा (माओवादी केन्द्र) कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्बाङ

गुल्मीमा छोराले गरे बाबुको हत्या

गुल्मी– गुल्मीस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी

सर्को तानेर नलेख्न बालेनलाई शिक्षामन्त्री पुनको अनुरोध

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले सर्को तानेको बेला नलेख्न काठमाडौं