भारतीय प्रधानमन्त्रीलाई ओलीले दिए नेपाल भ्रमणको निम्तो | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्रीलाई ओलीले दिए नेपाल भ्रमणको निम्तो


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् ।

प्रधानमन्त्री ओली र भारतीय विदेश मन्त्रालयका सचिव मिस्रीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको थियो । भेटका अवसरमा दुई पक्षीय र मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।

केपी ओली नेतृत्वमा सरकार गठन भए पछि पहिलो पटक भारतबाट उच्च स्तरीय भ्रमण भएको हो । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन् । अघिल्लो महिना परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् ।

गत जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै मात्रै छिमेकी मुलुक भुटानको औपचारिक भ्रमणमा गएका थिए । विदेश सचिव मिस्री दुईदिने भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका हुन् । उनी भोलि साउन २८ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ७ : ४३ बजे

सुर्खेतबाट लागूऔषधसहित तीन जना पक्राउ

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको

पर्वतीय पर्यटनको दिगो विकासका लागि एनएमएमा गुरुङको उम्मेदवारी

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को अध्यक्षमा वरिष्ठ पर्यटन व्यवसायी कुलबहादुर

बस्ती जोगाउन गेग्रान पन्छाउँदै पालिका

मुस्ताङ– यहाँको थासाङ गाउँपालिका-२ स्थित (कोवाङ-लार्जुङ)बीच भागमा बग्ने लाङ्क्यु खोलामा

संयुक्त सरकारले विकासको लहर ल्याएको छ : प्रधानमन्त्री 

जलेश्वर– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशमा विकासको लहर

गृहमन्त्री र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

काठमाडौंं– गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री