गुपचुपमै ‘द ग्रेट इन्डियन कपिल शो’को दोस्रो सिजन छायांकन गर्दै कपिल « Khabarhub

गुपचुपमै ‘द ग्रेट इन्डियन कपिल शो’को दोस्रो सिजन छायांकन गर्दै कपिल


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  भारतीय कमेडियन कपिल शर्माले ‘द ग्रेट इन्डियन कपिल शो’को दोस्रो सिजन ल्याउने भएका छन् ।  भारतीय मिडिया इन्डिया टुडेले स्रोतको दाबी गर्दै मंगलबारदेखि छायांकन हुने जानकारी दिएको छ । 

दोस्रो सिजनको पहिलो एपिसोडमा वेबसिरिज ‘फेबुलस लाइफ अफ बलिउड वाइभस्’को कलाकारहरू ‘गेस्ट’ रहने भएका छन् । 

यो पटक पनि पहिलो सिजनका टिम रहने बताइएको छ । तर कहिलेबाट प्रसारण हुने भन्नेबारे टिमले छिट्टै खुलासा बुझिएको छ । 

टीभीमा लोकप्रिय कपिलले ओटीटीमा आएपछि आलोचना खेप्नुपरेको थियो । केहीले शो फ्लप भएकाले १३ भाग गरेर बन्द गर्नु परेको टिप्पणी गरेका थिए ।

कपिलले यसबारेमा स्पष्टीकरण दिँदै १३ भागका लागि मात्रै सम्झौता भएको र चाँडै नयाँ सिजन ल्याउने जानकारी दिएको थियो । 

७ वर्षको दुस्मनी बिर्संदै कपिल र सुनिल ग्रोवर पहिलो सिजनमा काम गरेका थिए । 

पहिलो सिजनको पहिलो एपिसोड ३० मार्चमा सार्वजनिक भएको थियो भने अन्तिम एपिसोड २२ जुन २०२४ मा सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  २ : २६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको