फिल्म ‘छक्का पञ्जा-५’को गीत ‘बिहे भएको छैन’ सार्वजनिक, कलाकारको नाम अझै गोप्य « Khabarhub

फिल्म ‘छक्का पञ्जा-५’को गीत ‘बिहे भएको छैन’ सार्वजनिक, कलाकारको नाम अझै गोप्य


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपक-दीपकाको फिल्म ‘छक्का पञ्जा-५’ को गीत ‘बिहे भएको छैन’ सार्वजनिक भएको छ । असोज २४ अर्थात् फुलपातीबाट प्रदर्शनमा आउने यस फिल्मको प्रचार सामग्रीको रुपमा निर्माण पक्षले गीत सार्वजनिक गरेको हो । 

गीतमा फिल्मका नायक दीपकराज गिरी र नायिका वर्षा सिवाकोटी फिचर्ड छन् । भिडियोमा उनीहरु जोडीका रुपमा प्रस्तुत भएका छन् ।
भिडियोको अन्त्यमा केदार घिमिरे ‘माग्ने बूढा’लाई झुलुक्क देख्न सकिन्छ । 

यस गीतमा सविन सुवेदी  र बेनिशा पौडेलले स्वर दिएका छन् भने दीपकराज र दीपक शर्माको शब्द रहेको छ । 

असोज २४ फुलपातीबाट प्रदर्शनमा आउने यस फिल्ममा दीपकराज, वर्षा र माग्ने बूढा शीर्ष भूमिकामा रहेका छन् । बाँकी कलाकार भने निर्माण पक्षले गोप्य राखेको छ । यो गीतमा पनि उनीहरूलाई देखाइएको छैन । 

यो फिल्म ‘छक्का पञ्जा’को पांचौँ सिक्वेल हो । छक्का पञ्जा सिक्वेव बक्स अफिसमा हिट छ । यसको निर्देशक दीपाश्री निरौला हुन् । 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ६ : ४० बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र