फिल्म ‘छक्का पञ्जा-५’को गीत ‘बिहे भएको छैन’ सार्वजनिक, कलाकारको नाम अझै गोप्य « Khabarhub

फिल्म ‘छक्का पञ्जा-५’को गीत ‘बिहे भएको छैन’ सार्वजनिक, कलाकारको नाम अझै गोप्य


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपक-दीपकाको फिल्म ‘छक्का पञ्जा-५’ को गीत ‘बिहे भएको छैन’ सार्वजनिक भएको छ । असोज २४ अर्थात् फुलपातीबाट प्रदर्शनमा आउने यस फिल्मको प्रचार सामग्रीको रुपमा निर्माण पक्षले गीत सार्वजनिक गरेको हो । 

गीतमा फिल्मका नायक दीपकराज गिरी र नायिका वर्षा सिवाकोटी फिचर्ड छन् । भिडियोमा उनीहरु जोडीका रुपमा प्रस्तुत भएका छन् ।
भिडियोको अन्त्यमा केदार घिमिरे ‘माग्ने बूढा’लाई झुलुक्क देख्न सकिन्छ । 

यस गीतमा सविन सुवेदी  र बेनिशा पौडेलले स्वर दिएका छन् भने दीपकराज र दीपक शर्माको शब्द रहेको छ । 

असोज २४ फुलपातीबाट प्रदर्शनमा आउने यस फिल्ममा दीपकराज, वर्षा र माग्ने बूढा शीर्ष भूमिकामा रहेका छन् । बाँकी कलाकार भने निर्माण पक्षले गोप्य राखेको छ । यो गीतमा पनि उनीहरूलाई देखाइएको छैन । 

यो फिल्म ‘छक्का पञ्जा’को पांचौँ सिक्वेल हो । छक्का पञ्जा सिक्वेव बक्स अफिसमा हिट छ । यसको निर्देशक दीपाश्री निरौला हुन् । 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ६ : ४० बजे

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट