म्याग्दीको ऐतिहासिक राममन्दिर पुनर्निर्माण « Khabarhub

म्याग्दीको ऐतिहासिक राममन्दिर पुनर्निर्माण


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुनर्निर्माण भएको छ ।

करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण गरिएको थियो ।

बेनी–जोमसोम–सडकभन्दा तल रहेको मन्दिरलाई सडकमाथि सारेर जीर्णोद्धार गरिएको राममन्दिर पुनर्निर्माण समितिका अध्यक्ष खड्ग गिरीले बताए । उनका अनुसार २४ लाख ७० हजार सात सय ५० को लागतमा मन्दिर पुनर्निर्माण भएको हो ।

अध्यक्ष गिरीले मन्दिर पुनर्निमार्णको लागि १५ लाख उपलब्ध गराउने सहमति गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले हालसम्म १३ लाख ३२ हजार तीन सय ६१ रुपैयाँ उपलब्ध गराएको बताए ।

चार लाख ७४ हजार सात सय सात चन्दा सहयोग, एक लाख ११ हजार सात सय आन्तरिक आम्दानी परिचालन गरेको उनको भनाइ छ । दुई लाख ८० हजार आठ सय ५६ ऋण रहेको मन्दिर पुनर्निर्माणका लागि सो सडक आयोजनाले सहमतिअनुसार थप  एक लाख ६७ हजार तीन सय ३९ भुक्तानी गर्न बाँकी छ ।

अन्नपूर्ण गाउँपालिकाको १० लाख बजेटमा सो मन्दिर परिसरमा गत वर्ष निर्माण थालिएको सत्तललाई पूर्णता दिन यस आर्थिक वर्ष २०८१–८२ मा पाँच लाख विनियोजन भएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ११ : ०८ बजे

एमालेको १९ जना पदाधिकारीमध्ये एक मात्र महिला, पद्माले ठाउँ पाउँदा विन्दा र रचना पराजित

काठमाडौं- नेकपा एमालेको १९ जना पदाधिकारीमध्ये एकजना महिला उम्मेदवार मात्र

एमालेका १९ पदाधिकारीमा पोखरेल प्यानलबाट गोकर्ण र योगेश मात्रै विजयी

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : पाँच वर्षमा ७० प्रतिशत काम सम्पन्न

म्याग्दी– म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युत्लाई

‘मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ’

पाटन– उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको विकासका लागि सरकार र निजी

एमाले महासचिवमा दोस्रो पटक शंकर पोखरेलले मारे बाजी

काठमाडौं-नेकपा एमालेको महासचिवमा शंकर पोखरेल दोस्रो पटक विजयी भएका छन्