म्याग्दीको ऐतिहासिक राममन्दिर पुनर्निर्माण « Khabarhub

म्याग्दीको ऐतिहासिक राममन्दिर पुनर्निर्माण


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुनर्निर्माण भएको छ ।

करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण गरिएको थियो ।

बेनी–जोमसोम–सडकभन्दा तल रहेको मन्दिरलाई सडकमाथि सारेर जीर्णोद्धार गरिएको राममन्दिर पुनर्निर्माण समितिका अध्यक्ष खड्ग गिरीले बताए । उनका अनुसार २४ लाख ७० हजार सात सय ५० को लागतमा मन्दिर पुनर्निर्माण भएको हो ।

अध्यक्ष गिरीले मन्दिर पुनर्निमार्णको लागि १५ लाख उपलब्ध गराउने सहमति गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले हालसम्म १३ लाख ३२ हजार तीन सय ६१ रुपैयाँ उपलब्ध गराएको बताए ।

चार लाख ७४ हजार सात सय सात चन्दा सहयोग, एक लाख ११ हजार सात सय आन्तरिक आम्दानी परिचालन गरेको उनको भनाइ छ । दुई लाख ८० हजार आठ सय ५६ ऋण रहेको मन्दिर पुनर्निर्माणका लागि सो सडक आयोजनाले सहमतिअनुसार थप  एक लाख ६७ हजार तीन सय ३९ भुक्तानी गर्न बाँकी छ ।

अन्नपूर्ण गाउँपालिकाको १० लाख बजेटमा सो मन्दिर परिसरमा गत वर्ष निर्माण थालिएको सत्तललाई पूर्णता दिन यस आर्थिक वर्ष २०८१–८२ मा पाँच लाख विनियोजन भएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ११ : ०८ बजे

विश्वकपमा वेस्ट इन्डिजविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल : आजको खेलमा सोमपाललाई अवसर

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा नेपालले वेस्ट इन्डिजविरुद्ध सुरुमा ब्याटिङ

महाशिवरात्रि जागरण र अन्तर्मनबीच संवाद गर्ने पर्व : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रि पवित्र रात्रि

‘महाशिवरात्रि’ धार्मिक तथा सांस्कृतिक जीवनसँग जोडिएको पवित्र पर्व : कांग्रेस सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाशिवरात्रि लगायतका पर्वहरूले अनेकतामा

बाख्रा चराउन गएका एक व्यक्तिको ढुङ्गाले लागेर मृत्यु

सुर्खेत– जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु

विश्वकपमा आज भारत र पाकिस्तानको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार भारत र