प्रकाश शाहीकाे तीज गीत ‘पीर’ सार्वजनिक « Khabarhub

प्रकाश शाहीकाे तीज गीत ‘पीर’ सार्वजनिक


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज नजिकिँदै छ । यतिबेला तिजका गीतहरूले बजार तातिरहेको छ ।

अहिले भाइरल हुने होडबाजीले तीज गीतमै अनेक विकृतिहरू मिसिन थालेकाे गुनासो पनि आइरहेका छन् । कतिपय गीत त यस्ता पनि छन् कि परिवारका सदस्य सँगै बसेर हेर्न पनि असहज महसुस हुन्छ ।

अहिले मौलिकतामा आधारित कमै मात्र तीज गीत बजारमा देख्न पाइन्छ । मौलिकतामा आधारित तीज गीतको वास्तविक पहिचान झल्काउने गरि निर्माण गरिएको प्रकाश शाहीको तीज गीत ‘पीर’ सोमबार सार्वजनिक भएको  छ ।

गायिका सुनिता बुढाको स्वरमा रहेको भिडियो सोमबार सार्वजनिक भएको छ । भिडियो प्रकाश शाही युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

‘पीर’ मा मौलिकतामा आधारित तीजको वास्तविक पहिचान झल्काउने गरि निर्माण गरिएको छ । उक्त गीतमा प्रकाश शाहीको शब्द, वरिष्ठ सङ्गीतकार गंगा केसी को सङ्गीत रहेको छ । त्यस्तै झरान सावदधनकली शाहीको अभिनय, विपिन आचार्यको सङ्गीत संयोजन, प्रवीन शाहीको कोरियोग्राफी, गोपाल रुचालको छायांकन र सम्पादन, प्रकाश शाहीकै निर्देशन रहेको छ ।

शाहीका अनुसार गीतमा पिपल चौतारी, पानीका नाउला लगायतका पुराना संस्कार र संस्कृति झल्काउने चिजहरू मासिदै गएको कुरा देखाउन खोजिएको छ।

यो गीतका गीतका माध्यमबाट तीजको मौलिकता र मर्मलाई जोगाउन खोजिएको शाहीले बताए । उनका पूजाको थाली, मेरो नाचो, पशुपतिमा जलारी लगायतका तीज गीत दर्शक तथा स्रोता माझ चर्चित छन् । 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १२ : ११ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको