नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि सकिएको सन्देश दिँदैछौँ : प्रधानमन्त्री « Khabarhub

नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि सकिएको सन्देश दिँदैछौँ : प्रधानमन्त्री


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको करकापमा नपरी, पीडितमैत्री बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयकलाई अघि बढाइएको बताएका छन् ।

प्रतिनिधिसको बुधबारको बैठकको सुरुवातमै सम्बोधन गर्दै उनले बुधबार नै प्रतिनिधिसभाले छलफलपछि पारित गर्ने र केही दिनभित्र राष्ट्रियसभाले पनि पास गर्ने बताए ।

‘पीडितमैत्री, कुनै करकापमा नपरीकन सहमतिको साथ यस दस्ताबेजलाई अगाडि बढाएका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘आज छलफल पछि प्रतिनिधिसभाले यसलाई पारित गर्छ । केही दिनभित्र राष्ट्रियसभाले पास गर्ने छ । यो शान्तिका पक्षधरहरुका लागि खुशीको विषय हो ।’

उनले ऐन बनिसकेपछि आयोगहरु निर्माण गरिने र आयोगलाई काम गर्न कानुनले अनुकूलता गरेको बताए । ‘सरकारको तर्फबाट म भन्न चाहन्छु, सहमतिका साथ आयोगहरु बन्ने छन् । प्रभावकारी आयोग बन्ने छन्,’ ओलीले भने, ‘त्यसलाई सकारको तर्फबाट पूराका पूरा सहयोग हुन्छ ।’

सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी दुवै प्रश्नमा सही निष्कर्षका साथ छोटो अवधिभित्र नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दिन सफल बनिने उनको भनाइ छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १ : ३८ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट