संसद्‍ भवनमा छिरेका युवक जब विरोध प्रदर्शनमा उत्रिए (तस्बिरहरू) | Khabarhub Khabarhub

संसद्‍ भवनमा छिरेका युवक जब विरोध प्रदर्शनमा उत्रिए (तस्बिरहरू)


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद्‍मा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अन्तिम टुंगो दिन छलफल हुँदै गर्दा बाहिर एकजना युवकले प्रदर्शन गरेका छन् ।

संसद् भवन परिसरमा अछामका एकजना युवक दीपक देवकोटाले प्रदर्शन गरेका हुन् ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर’ भन्दै विद्यार्थीका रुपमा प्रवेश गरेका ती युवकले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारी युवकले ‘नक्कली भुटानी शरणार्थी, सहकारी ठगी र गिरीबन्धु टी-स्टैटका नाइकेहरूलाई कारबाही गर’ लेखिएको प्लेकार्ड प्रदर्शन गरे ।

प्रदर्शनमा संलग्न अछामका देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थी रहेको खुलेको छ ।

मास्क लगाएका देवकोटाले त्यसमाथि कालो टेप टाँसेर विरोध प्रदर्शन गरेका थिए । उनलाई अहिले नयाँ बानेश्वर प्रहरी बृत्तमा राखिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ४ : ३९ बजे

कर्णाली राजमार्ग सञ्चालन

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’

काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२

खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

खोटाङ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले

नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

कीर्तिपुर– जेन-जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी

सिरहामा क्षति भएका प्रहरी युनिट पुनः स्थापना

सिरहा– जेन-जी पुस्ताको प्रदर्शनका क्रममा क्षति भएका यहाँका प्रहरी युनिट