स्पष्टीकरण बुझाउँदै मुकुलले मागे रवि लामिछानेको राजीनामा « Khabarhub

स्पष्टीकरण बुझाउँदै मुकुलले मागे रवि लामिछानेको राजीनामा


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

पार्टीले सोधेको २४ घण्टे स्पष्टीकरण पत्रको आज जवाफ दिँदै ढकालले पार्टी जोगाउन र वैकल्पिक राजनीति अघि बढाउन मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

रास्वपाले ढकाललाई हिजो ‘तपाईँलाई साधारण सदस्यसमेतबाट किन निष्कासन नगर्ने भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण पत्रको जवाफ दिँदै ढकालले पार्टी कार्यालयमा दर्ता समेत नगरी स्पष्टीकरणको पत्र पठाउनु विधि विधान विपरीत, थितिरहित हैकमे निरङ्कुश शासन भएको उल्लेख गरेका छन् ।

उनले आफूमाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सभापति लामिछानेलाई चुनौती दिएका छन् । उनले भनेका छन्– ‘मैले आजसम्म तपाईँलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन् । तपाईँले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ ।’

ढकालले स्पष्टीकरण जवाफमा सभापति लामिछानेलाई सहकारी ठगी मुद्दामा पार्टीबाटै स्वतन्त्र छानबिन समिति किन गठन नहुने ?, आफ्ना पासपोर्टका सबै पानाहरू सार्वजनिक गर्ने आँट छ ? र गृह मन्त्रालय सम्हाल्दा सरुवा बढुवा कुन नीतिमा रहेर गर्नुभयो भन्दै तीन प्रश्न गरेका छन् ।

ढकालले सभापति लामिछानेले आजको दिनसम्म आफ्नो कुनै गल्ती छैन, आफूमाथि छानबिन वा अनुसन्धान पनि हुन नसक्ने जिकिर गर्दै समग्र पार्टी र आम नेपाली जनतालाई पटकपटक ढाँटीरहेको दाबी गरेका छन् ।

उनले आफूले पार्टी स्थापना भएदेखि पार्टीलाई हानी हुने, पार्टीका शुभचिन्तकलाई भड्काउने, पार्टीभित्र भ्रम सिर्जना गर्ने, पार्टीका नेताहरुमाथि झुटा आरोप लगाउने क्रियाकलाप नगरेको स्पष्टीकरण दिएका छन् ।

उनले पार्टीको छवि आफ्ना कारणले नभइ सभापति लामिछानेका कारण धूमिल हुँदै गएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ११ : २५ बजे

बालेन जाने भनिएको झापाबाट रास्वपाको समानुपातिकमा रविकी कट्टर समर्थक ज्वाला मात्रै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापा जिल्लाबाट समानुपातिक सूचीमा ज्वाला

रवि र बालेनलाई प्रचण्डको कटाक्ष : सहरमा हल्ला गरेर देशै कब्जा भइसकेको भ्रम छर्दैछन्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहर बजारमा

‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८’ संशोधन

काठमाडौं– नेपाल राष्ट्र बैंकले विदेशी लगानी र ऋण व्यवस्थापनलाई थप

कांग्रेसको समानुपातिक सूची : भीष्मराज, अर्जुननरसिंह, भीमसेनदासदेखि डा. चन्द्रमोहनसम्म

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका

विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभियो भारत 

एजेन्सी– भारतले जापानलाई पार गर्दै विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा