उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन « Khabarhub

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको ६१ वर्षको उमेरमा निधन भएको छ ।

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा गएराति उनको निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए । न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो ।

न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।

उनको पशुपति आर्यघाटमा आज दाहसंस्कार गरिएको छ । न्यायाधीश रेग्मीको असामयिक निधन भएकोमा शोक व्यक्त गर्दै उच्च अदालत पाटनका आजका निम्ति निर्धारित सबै कामकारबाही स्थगन भएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  १२ : १९ बजे

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो

काभ्रेपलाञ्चोक – बिहीबारदेखिको अविरल वर्षाका कारण रोशी खोलाको जलसतहले खतराको

भक्तपुरमा आज इन्द्र जात्रा : इन्द्रायणीलाई खट जात्रामार्फत घुमाइँदै

भक्तपुर – भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट