किन राख्नु हुँदैन राति जुठा भाँडा ? यस्तो छ कारण « Khabarhub

किन राख्नु हुँदैन राति जुठा भाँडा ? यस्तो छ कारण


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घरमा बुढापाकाले रातिको समयमा जुठो भाँडा राख्नु हुँदैन भनेको त हामी सबैले सुन्दै आएको हौँला । किन राती सुत्दा कहिल्यै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन त ? यसमा ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ कुराहरू हुन्छन् ।

धार्मिक मान्यता अनुसार सरसफाइ हुने घरमा माता लक्ष्मीको वास हुन्छ । त्यसैले सनातन धर्ममा घरको सरसफाइमा विशेष ध्यान दिइएको छ । शास्त्र अनुसार राति खाना पकाउने भाँडो छोड्दा धनकी देवी लक्ष्मी क्रोधित भई व्यक्तिलाई आर्थिक समस्याको सामना गर्नु पर्ने जनविश्वास रहेको छ । त्यसैले रातभरि खाली भाँडाकुँडा छाड्नु हुँदैन ।

भनिन्छ कि राती भान्सा फोहोर छोड्दा मानिसको ग्रहहरू क्रोधित हुन सक्छन् । यसले मानव जीवनमा पनि नकारात्मक असर पार्न सक्छ ।

रातिमा फोहोर चुलो छोड्नु पनि अशुभ मानिन्छ । राति फोहोर चुलो छाड्दा माता अन्नपूर्णादेवीलाई मन नपर्ने जनविश्वास छ । यदि कुनै कारणले राति भाँडाकुँडा सफा गर्न नसकेमा भाँडाकुँडालाई पानीले धोएर छोडिदिनुहोस् । भाँडाकुँडामा कुनै गाँठो हुनुहुँदैन ।

राति सुत्नु अघि जहिले पनि घरको भान्सा कोठा र बाथरुममा एक बाल्टिन पानी भरेर राख्दा ऋणबाट मुक्ति मिल्दछ भने बाथरुममा पानी भरेर राख्दा जीवनमा उन्नतिको बाटोहरू खुल्दछन् ।

घरको मुख्य ढोका अगाडी फोहोर कहिले राख्नु हुँदैन, भनिन्छ यसो गर्नाले छिमेकी शत्रु बन्न पुग्छन् । सूर्यास्तको समयमा कसैलाई पनि दूध,दही या प्याज दिनाले घरको सुख शान्ति र सम्पत्ति नष्ट हुन जान्छ ।

सुत्ने ओछ्यानमा बसेर खाना कहिले खानुहुँदैन । यसले घरमा अशान्ति निम्त्याउँछ, साथ साथै ऋण लाग्दछ । घरमा बनाइएको पूजा स्थल अथवा मन्दिरको ईशान कोणमा सधैँ कलशमा पानी भरेर राख्दा घरमा बस्ने मान्छेको लागि शुभ हुन्छ ।

एजेन्सिको सहयोगमा

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  १ : ५१ बजे

यी प्रदेशमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप लिग-२: नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबिया ५८ रनले पराजित

काठमाडौँ – अलराउन्डर बास डि लिडेको उत्कृष्ट ९७ रनको मद्दत

लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी

मियामी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र रोड्रिगो डि

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर