एरिक्सन सम्झौता प्रकरण : आरकमले ४ साताभित्र ४ अर्ब ५३ करोड तिर्नुपर्ने « Khabarhub

एरिक्सन सम्झौता प्रकरण : आरकमले ४ साताभित्र ४ अर्ब ५३ करोड तिर्नुपर्ने


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको सर्वोच्च अदालातले एरिक्सन सम्झौता प्रकरणमा मुछिएको दुरसञ्चार कम्पनी रिलायन्स कम्युनिकेशन आरकमका अध्यक्ष अनिल अम्बानी र कम्पनीका अरु दुई निर्देशकलाई अदालतको मानहानी गरेको अभियोगमा दोषि ठहर गरेको छ ।

उनीहरुलाई अदालतले ४ अर्ब ५३ करोड भारतीय रुपैयाँ चार साताभित्र तिर्न आदेश दिएको छ । सर्वोच्च अदालातले उनीहरुले त्यो रकम तोकिएको समयभित्र नतिरेमा तीन महिनाको जेल सजाय हुने समेत फैसला सुनाएको छ ।

सन् २०१४ मा स्विडेनको एरिक्सन कम्पनीसँग भएको सम्झौता अनुसार रिलायन्सले एरिक्सनलाई ५ अर्ब ५० करोड तिर्न बाँकी नै रहेको भन्दै अघिल्लो वर्ष एरिक्सनले अदालतमा मुद्धा दायर गरेको थियो । गत अक्टोबरमा अदालतले पैसा तिर्न आदेश दिएपछि रिलायन्सले केबल १ अर्ब १८ करोड भारतीय रुपैयाँ मात्रै जम्मा गर्न सफल भएको थियो । हालै रिलायन्सले टाट पल्टेको भन्दै आवेदन दिएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ८ : ०४ बजे

पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै रहने

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामको अवधि

हैदराबादको ‘हाइ–स्कोरिङ’ खेलमा अभिषेकको आक्रामक शतक : दिल्ली ४७ रनले पराजित

हैदराबाद– युवा प्रारम्भिक ब्याटर अभिषेक शर्माको विष्फोटक अविजित शतकको मद्दतले

वडा कार्यालय पुग्न २४ किलोमिटर पार गर्नुपर्ने

बाँके – बाँकेको राप्तीसोनारी गाउँपालिकाको विकट क्षेत्रमा रहेको बासखली चुनभट्टी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय