डेंगी नियन्त्रण र रोकथाम गर्न सार्वजनिक स्थलको निगरानी बढाउनुपर्छ : मन्त्री पौडेल  « Khabarhub

डेंगी नियन्त्रण र रोकथाम गर्न सार्वजनिक स्थलको निगरानी बढाउनुपर्छ : मन्त्री पौडेल 


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले डेंगी नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताएका छन् ।

डेंगी रोकथाम तथा नियन्त्रणसम्बन्धी काठमाडौं उपत्यकाका स्थानिय तहहरुको अन्तरक्रिया कार्यक्रमलाई बिहीबार मन्त्रालयमा सम्बोधन गर्दै उनले विद्यालय, अस्पताल, क्याम्पस, तरकारी बजार, हाटबजार, खुला ठाउँ, सार्वजनिक स्थलमा पालिकाले वडालाई क्रियाशील बनाएर निगरानी गर्न आवश्यक रहेको बताएका हुन् । उनले बढी मानिसको उपस्थिति हुने ठाउँलाई निगरानी गरेको खण्डमा नियन्त्रणमा योगदान पुग्ने बताए । 

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले मिलेर काम गरे नियन्त्रण गर्न सकिने भन्दै मन्त्रालय नीतिगत निर्णय र थप सहकार्यका लागि तयार रहेको बताए । 

उपत्यकामा डेंगी नियन्त्रणलाई हामीले प्राथमिकतामा राखेका छौं, उनले भने, आम नागरिकलाई जोगाउन सहकार्य जरुरी छ । स्वास्थ्यमन्त्री पौडेलले लामो बाहुले लुगा लगाउनेजस्ता जनचेतना अभिवृद्धि गर्न सके पनि महत्त्वपूर्ण उपलब्धि हुने बताए । 

उनले जनचेतना अभिवृद्धि गर्ने क्रममा संघ, प्रदेश र स्थानीय तहले समन्वयात्मक रूपमा भूमिका खेल्नुपर्ने बताए । उनले टेलिफोनको रिङटोनमा डेंगीबाट बच्ने उपायको सूचना दिने व्यवस्था मिलाउने पनि बताए । 

स्वास्थ्यमन्त्री पौडेलले कार्यालय सफा गर्ने अभियान हरेक हप्ताको शुक्रबार बिहान १० देखि ११ बजेसम्म सञ्चालन गर्न आग्रह गरे । भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाउन सके मात्रै पनि डेंगी नियन्त्रणमा सहयोग पुग्ने उनले बताए ।

 मन्त्री पौडेलले नसर्ने रोगबाट नेपाली आक्रान्त रहेको बताए । उनले सबै संघीय अस्पतालमा डेंगी उपचारका निम्ति छुट्टै डेस्क स्थापना गर्ने बताए । डेंगी संक्रमण देखिए निःशुल्क उपचार हुने पनि उनले बताए । डेंगी खोज र नष्ट गर्ने कार्यलाई प्रभावकारी बनाउन उनले आग्रह गरे । 

कार्यक्रममा सहभागी संघीय राजधानी उपत्यकाको काठमाडौं, भक्तपुर तथा ललितपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले आफ्ना तर्फबाट भएका प्रयासहरूको जानकारी गराउँदै डेगी तथा हैजा नियन्त्रणमा हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाए । 

यसैगरी गाउँपालिका तथा नगरपालिका महासंघका प्रतिनिधिहरूले पनि एक अर्का एक्ला एक्लै काम गर्ने प्रवृत्ति रहेको भन्दै सहकार्य गर्ने मन्त्रालयको प्रस्ताव सकारात्मक रहेको बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  २ : १० बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार