शेखरले गरे पन्ध्रौँ महाधिवेशनमा सभापति पदको दाबेदारी « Khabarhub

शेखरले गरे पन्ध्रौँ महाधिवेशनमा सभापति पदको दाबेदारी


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको आगामी महाधिवशेनमा सभापतिमा उठ्ने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अघिल्लो महाअधिवेशनमा पराजित निकटतम् प्रतिद्वन्द्वी भएका कारण अब सभापतिमा स्वतः दाबी रहने बताए ।

उनले देशभर भ्रमण गरेर नेता कार्यकर्ता भेटघाटमा रहेको बताउँदै उम्मेदवारीलाई अन्यथा लिन नहुने जिकिर गरे ।

कोइरालाले मुलुकलाई स्थायित्व दिन ठूला दलबीच समीकरण बनेको भन्दै यसलाई सफल बनाउनुपर्ने बताए। कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधानमा सुधार गर्नुपर्ने र निर्वाचन प्रणाली संशोधन आवश्यक रहेको पनि उल्लेख गरे। कोशी प्रदेश सरकारका बिषयमा केन्द्रमा छलफल भइरहेकाले एक साताभित्र कांग्रेस सहभागी हुने सम्भावना रहेको जानकारी कोइरालाले दिएका छन् ।

 

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ५ : २६ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन