५२ प्रतिशतले बढ्यो निर्जीवन बीमा कम्पनीहरूको नाफा « Khabarhub

५२ प्रतिशतले बढ्यो निर्जीवन बीमा कम्पनीहरूको नाफा


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष (आव) २०८०/८१ को अपरिकृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । १४ वटा निर्जीवन बीमा कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समग्रमा सबै कम्पनीको खुद नाफा ५२.८० प्रतिशतले बढेको देखिएको हो ।

अघिल्लो आव २०७९/०८० मा १४ वटा निर्जीवन बीमा कम्पनीको खुद नाफा ४ अर्ब ८६ करोड २४ लाख रहेकोमा गत आवमा ५२ प्रतिशतले वृद्धि भएर ७ अर्ब ४३ करोड १३ लाख ४ रुपैयाँ पुगेको छ । १४ वटा निर्जीवन बीमा कम्पनीमध्ये नेको इन्स्योरन्स र राष्ट्रिय बीमा कम्पनीको अघिल्लो आर्थिक वर्ष भन्दा गत आवमा नाफा घटेको छ भने अन्य १२ वटा बीमा कम्पनीको नाफा भने बढेको छ ।

एआईजी प्रुडेन्सियलको नाफा सबैभन्दा धेरैले वृद्धि भएको छ भने सबैभन्दा कम सानिमा जिआईसीको वृद्धि भएको छ । एआईजीको अघिल्लो आवको तुलनामा गत आवमा नाफा १५२.४५ प्रतिशतले वृद्धि भएर ६१ करोड २१ लाख पुगेको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्सको १२६.९९ प्रतिशतले बढेर ५१ करोड ३० लाख, प्रभु इन्स्योरेन्सको ११८.१८ प्रतिशतले बढेर ४९ करोड ९ लाख र युनाईटेड अजोड इन्स्योरेसको १०८.१० प्रतिशतले बढेर ३८ करोड ५२ लाख खुद नाफा आर्जन गरेका छन् ।

४ वटा निर्जीवन बीमा कम्पनीले ८० प्रतिशत भन्दा बढी नाफा बढाएका छन् । जसमा नेपाल इन्स्योरेन्सले ८७.८३ प्रतिशतले बढेर ७० करोड ६ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ८३.९६ प्रतिशतले बढेर ६० करोड ८९ लाख, ओरेन्टियल इन्स्योरेन्सको ८३.४२ प्रतिशतले बढेर ५९ करोड ६१ लाख र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ८२.५२ प्रतिशतले बढेर ६९ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै, २ वटा कम्पनीले भने अघिल्लो आवको भन्दा गत आवमा ५० प्रतिशत भन्दा बढी नाफा आर्जन गरेका छन् । जसमा नेशनल इन्स्योरेन्सले ५२.०२ प्रतिशतले नाफा वृद्धि गरेर २६ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सले ५०.०९ प्रतिशतले नाफा वृद्धि गरेर ६६ करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

२ वटा निर्जीवन बीमा कम्पनीले गत आवमा अवधिमा २० प्रतिशत भन्दा बढी नाफा गरेका छन् । एनएलजी इन्स्योरेन्सले अघिल्लो आवमा भन्दा गत आवमा २१.७८ प्रतिशतले नाफा वृद्धि गरेर २५ करोड ३३ लाख रुपैयाँ गरेको छ । सानिमा जिआईसी इन्स्योरेन्सले २०.९१ प्रतिशतले नाफा वृद्धि गरेर ३३ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको तुलनामा नाफा कम गर्नेमा नेको इन्स्योरेन्स र नेपाल राष्ट्रिय बीमा कम्पनी रहेका छन् । नेकोले अघिल्लो वर्षको तुलनामा २.७४ प्रतिशतले खुद नाफा घटेर ६८ करोड ६७ लाख रुपैयाँ मात्र आर्जन गरेको छ भने राष्ट्रिय बीमा कम्पनीको नाफा १८.८० प्रतिशतले घटेर ६२ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ६ : ०५ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ