श्रीकृष्णका यी १० महत्त्वपूर्ण वचन अनुसरण गरे आउँदैन कहिल्यै दु:ख « Khabarhub

श्रीकृष्णका यी १० महत्त्वपूर्ण वचन अनुसरण गरे आउँदैन कहिल्यै दु:ख


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

भगवान नाम जप्दा मात्र पनि अनेकौं दुखःबाट मुक्ति पाउने धार्मिक विश्वास छ । श्रीकृष्णका अनमोल वचन तथा ज्ञानमा ध्यान दिएमा थकानयुक्त अफिस लाइफमा समेत उर्जा पाउन सक्नुहुन्छ । कृष्णका ति अनमोल वचनहरु के के छन् :

१. रीसमा नियन्त्रण

क्रोधबाट भ्रम पैदा हुन्छ । भ्रमले बुद्धि व्यग्र बनाउछ । जब बुद्धि व्यग्र हुन्छ तब तर्क नष्ट हुन्छन् । र जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुने गर्दछ । यदि त्यहि क्रोधलाई सकारात्मक शक्तिमा बदल्न सके त्यसको प्रयोग उपयोगि हुन्छ । जसलाई सफलता निश्चित छ ।

२. कर्ममा खुसि खोज

जो ब्यक्ति आफ्नो कर्ममा आनन्द खोज्दछ तबमात्र उसले पूर्णता पाउछ । र पूर्णता पाएको ब्यक्ति मात्र खुसि रहन सक्दछ । तसर्थ आफ्नो काममा लिन रही जसले आनन्द खोज्दछ उसले त्यहि मात्र खुसि प्राप्त गर्दछ ।

३. मनमा नियन्त्रण

यदि कोही ब्यक्ति आफ्नो मनलाई नियन्त्रित राख्न सक्दैन उसले हमेशा आफैमाथि हानी पुर्याउने काम गर्दछ । ब्यक्तिको मन नै ईश्वर प्राप्तिको मार्ग भएकाले यसलाई नियन्त्रण गर्न आवश्यक छ । यदि कोही ब्यक्ति मनलाई नियन्त्रण गर्दैन भने उसले शत्रु समान कार्य गर्दछ ।

४. अनुशासनमा वस

ब्यक्तिको मनमा जम्मा सन्देहहरु आत्मज्ञानको माध्यमबाट मात्र काट्न सकिन्छ । त्यसैले आफ्नो हृदयमा रहेका अज्ञानका सन्देहहरु आत्मज्ञानको तलवारले काट्नु पर्दछ । र अनुशासनमा रहेर जाग्ने वा माथि उठ्ने प्रयाश गर्नुपर्दछ ।

५. यी काम मात्र गर

कर्ममा प्राप्तिका लागि मेहनत आवश्यक छ । मेहनत मात्र अधिक कर्मले सफल हुन्छ । जो ब्यक्तिले कार्यमा निष्क्रियता र निष्क्रियता पनि कार्य देख्दछ उहि मात्र एक बुद्धिमान व्यक्ति हुन्छ ।

६. हरेक कर्मको फल पाइन्छ

हरेक कर्मको फल पाउने निश्चित छ । फल प्राप्तिको समय केहि ढिलो वा समय ब्यत्तित भएपछि पाइन सकिन्छ । तर फल प्राप्ति निश्चित छ । हरेक जीवनमा न केहि गुम्छ न त केहि ब्यर्थ जान्छ । तसर्थ ब्यक्तिले बिना फल प्राप्तिको चिन्ता लिई आफ्नो काम ईमान्दारीका साथ गर्नुपर्दछ ।

७. अभ्यास आवश्यक छ 

बन्द कोठामा बसेर सफलताका लागी लगाइएको बुद्धि ब्यर्थ छ । मन चञ्चल, अशान्त र ब्याकुल हुन्छ । असफलता देख्नासाथ मन त्यस कर्म गर्न प्रेरीत रहदैन । तर त्यहि मन नियन्त्रित गरी लगातार अभ्यास गरेमा असफलता सफलतामा परीणत हुन्छ ।

८. दृढ विश्वास सफलताको कारक

व्यक्ति जे चाहान्छ, त्यहि बन्न सक्छ । तसर्थ लगन, निष्ठा र इमान्दारीताका साथ इच्छित बस्तुमा ध्यान लगाई एकाग्रका साथ कर्म गरेमा त्यो प्राप्ति निश्चित छ । मात्र कर्मको बेला दृढ विश्वास हुन जरुरी छ जो इच्छित वस्तुमा लगातार रहिरहोस् ।

९. तनाव कम गर

समय परीवर्तनशिल छ । लगातार असफलता वा एकै प्रकारको कामबाट ब्यक्ति दिक्क हुने गर्दछ । दैनिक जिवनमा आफ्नो काममा मानिसको ध्यान भट्किन सक्छ र उ तनावमा आउने गर्दछ । त्यो बेला आफ्नो कामलाई भन्दा तनावलाई परीवर्तन गर्न आवश्यक रहन्छ । तनाव भगाउन मात्र तिमि आफ्नो कामलाई प्रेम गर त्यस अलावा अरुको कुराको परवाह नगर ।

१०. आफ्नो काम पहिला गर

अरु कोहि ब्यक्तिको कामलाई पुर्णता दिनुभन्दा आफ्नो कामलाई पुर्ण गर्नु उत्तम रहन्छ । चिन्तनको माध्यमबाट आफ्नो कामलाई पहिलो प्राथमिकताका साथ गर्नुपर्दछ । अरुको काम पूर्णताका साथ गर्नुभन्दा आफ्नो काम अपूर्णताको साथ गरे पनि त्यो लाखौं गुणा उत्तम रहन्छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १२ : ४४ बजे

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते

रोशी खेलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– गएरातिको वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को

‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार राजीनामा दिइसकेका छन्।

म्याग्दीको हिदी–मालिका सडक आयोजना सुरु

म्याग्दी– मङ्गला गाउँपालिका–२ हिदीदेखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी