नेपाल टेलिकमले सिमकोटमा पनि एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर सेवा दिने | Khabarhub Khabarhub

नेपाल टेलिकमले सिमकोटमा पनि एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर सेवा दिने


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले हुम्लाको सदरमुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराएको छ ।

आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भर्चुअल रूपमा सो सेवाको शुभारम्भ गरे । यससँगै नेपाल टेलिकमको एनटी फाइबर नेपालका सबै जिल्लामा पुगेको छ ।

सो अवसरमा मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अभियानमा सरकार लागेको र नेपालका सबै स्थानीय निकायका कार्यालय सम्म दूरसञ्चार सेवा पुर्‍याउने कार्यका लागि नेपाल टेलिकमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

सरकारको एक महत्त्वपूर्ण कदमको रूपमा देशका ७७ वटै जिल्लामा फाइबर सेवा पुगेको र यसबाट आगामी दिनमा अझै महत्त्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा उनले गरे ।

नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले कम्पनी र सरकारका लागि यो महत्त्वपूर्ण दिन भएको बताउँदै सेवा उपलब्ध गराउने कार्यमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद प्रदान दिइन् ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पहिले कपर प्रविधिबाट इन्टरनेट सेवा उपलब्ध भइरहेकोमा अब अन्य जिल्लामा जस्तै हुम्ला जिल्लामा पनि फाइबरबाट इन्टरनेट सेवा उपलब्ध हुने र सेवामा पनि स्तरोन्नति हुने बताइन् ।

कर्णालीका विकट जिल्लाहरूमा समेत नेपाल टेलिकमले आफ्नो स्रोत, साधन र सम्भाव्यताका आधारमा सेवा विस्तार गरिरहेको र यस्ता स्थानमा सोलारबाट समेत सेवा सञ्चालन गरेको बताइन् । आगामी दिनमा सडक र विद्युतको पहुँचसँगै सेवाको गुणस्तरमा समेत स्तरोन्नति हुने उनले बताइन्  ।

सो अवसरमा नेपाल टेलिकमका प्रबन्धक मिलन श्रेष्ठ, कर्णाली प्रदेश प्रादेशिक निर्देशनालयका निर्देशक उमेश प्रसाद साह र दू.सं.का. सुर्खेतका कार्यालय प्रमुख वरिष्ठ इन्जिनियर सुष्मा गौतमले हुम्ला र समग्र कर्णाली प्रदेशमा नेपाल टेलिकमको सेवा बारेमा जानकारी प्रदान गरेका थिए  ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ६ : ५७ बजे

सुनील पौडेलविरुद्ध एकपछि अर्को भ्रष्टाचार मुद्दा, दुईवटामा दोषी ठहरिएर काटिरहेका छन् सजाय

काठमाडौं- शक्तिकेन्द्र रिझाएर सधैँ मालदार सरकारी संस्थानको नेतृत्वमा बसिरहनेमध्येमा पर्छन्

सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागूऔषध’ हो : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सडक दुर्घटना र विद्युतीय अपराधको जड

मधेस सरकारले थाल्यो वर्षायाम प्रारम्भ हुनुअगावै क्षति नियन्त्रणको पूर्वतयारी

महोत्तरी– बर्खा सुरु हुनुअघि मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा

विधेयक कहिले आउँछ भनी कुरेर बसेका छौँ, सभा छिटो चल्दिए हुन्थ्यो : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नीति निर्माण गर्ने महत्त्वपूर्ण

कोलम्बियाका राष्ट्रपतिका उम्मेदवार गोली प्रहारबाट घाइते

बोगोटा– कोलम्बियाका दक्षिणपन्थी विपक्षी सिनेटर तथा आगामी वर्षको राष्ट्रपति चुनावका