बेचन झाले बयानमा भने- दुई करोडको चेक दिएका रामशरण केसीलाई चिन्दिनँ « Khabarhub

बेचन झाले बयानमा भने- दुई करोडको चेक दिएका रामशरण केसीलाई चिन्दिनँ


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परर हाल थुनामा रहेका बेचन झाले काठमाडौं जिल्ला अदालतमा इन्कारी बयान दिएका छन् ।

थुनछेक बहसका क्रममा बयानमा उपस्थित गराइएका उनले नक्कली शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसूर मुद्दाको पुरक अभियोगका रुपमा पेश भएको मुद्दामा झाले इन्कारी बयान दिएका हुन् ।

झाले पुरक मुद्दाको मुख्य मुद्दाका कुनै पनि प्रतिवादीहरूलाई नचिनेको बताएका छन्। झाले नचिलेका प्रतिवादीहरूसँग लेनदेन रिसइबी केही हुने कुरै नभएको पनि जिकिर गरेका छन् ।

उनीविरुद्धको मुद्दामा शुक्रबार थुनछेक बहस भएको छ । तर अदालतले आदेश भने आएको छैन । बिहीबार बयानका क्रममा झाले आफूविरुद्ध प्रहरीले खडा गरेको प्रमुख प्रमाणलाई नै इन्कार गरिदिएका हुन् ।

उनले नक्कली शरणार्थी प्रकरणको योजना बनेका बेलामा आफू उपचारका लागि भारतमा रहेको बयान पनि दिएका छन् । शुक्रबार बहस भए पनि आदेश आएन। हेर्दाहेर्दैमा रहेको यो मुद्दाको आदेश आइतबार आउने सम्भावना छ ।

झाले जाहेरवाला गजेन्द्र बुढाथोकीसहित कसैलाई पनि नचिन्ने जिकिर गरे । उनले बयानमा भनेका छन्, ‘मैले गजेन्द्र बुढाथोकीसहितका जाहेरवाला कसैलाई चिन्दिनँ । जाहेरवाला बुढाथोकीसमेतले दिएको जाहेरीबारे मलाई थाहा छैन । जाहेरवालालाई भुटानी शरणार्थीका नाममा विदेश पठाएर ठगी गर्ने कार्यमा म संलग्न छैन। यस प्रकरणमा मैले कसुर गरेको छैन। अरु कस-कसको, के कस्तो संलग्नता थियो भन्ने मलाई केही जानकारी छैन ।’

उनले उक्त प्रकरणमा आफ्नै नाममा २ करोडको चेक काटिदिने रामशरण केसीलाई पनि नचिनेको बयान दिएका छन् । मन्त्रिपरिषद्मा बुझाउन भनी रकम मागेको भनी अर्का प्रतिवादी सानु भण्डारीले भनेकोले केसीले आफ्नो नाममा हिमालयन बैंकको दुई करोडको चेक दिएको कुरालाई पनि उनले इन्कार गरेका छन् । तर केसीले झाकै नाममा उक्त चेक काटिदिएका थिए ।

‘मैले रामशरण केसी भन्ने व्यक्ति र सानु भण्डारीलाई चिन्दिनँ। मैले रामशरण केसीलाई भेटेको पनि छैन। मैले निजबाट कुनै चेक लिएको पनि छैन। निजले अनुसन्धानका क्रममा गरेको बयान झुट्टो हो। रामशरण केसीले गरेको पोल बयान सबै झुट्टा र काल्पनिक हुन्’, झाले बयानमा भनेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ७ : ४६ बजे

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल

मनीष झाको प्रश्न- ‘यस्तो बचपनले राजकाज चल्छ ?’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मनीष

त्यो असारजस्तो किन छैन यो असार ?

ग्रीष्मको प्रचण्ड रापले डढेको माटोलाई शीतल जलकणले सिञ्चित गर्दै आउने

कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर– कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै जिल्लामा

बागलुङमा सिँचाइ सुविधा विस्तार

बागलुङ– बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना सम्पन्न