‘टेस्ट ड्राइभ’को बहानामा मोटरसाइकल चोरी : तीन जना पक्राउ « Khabarhub

‘टेस्ट ड्राइभ’को बहानामा मोटरसाइकल चोरी : तीन जना पक्राउ


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुपन्देहीको तिलोत्तमा र भई काठमाडौं नागार्जुन बस्ने १८ वर्षीय निश्चल आले मगरले प्रयोग गर्ने केटीएएम ड्यूक २५० मोटरसाइकल बिक्री गर्ने भनी सामाजिक सञ्जालमार्फत हाम्रो बजार पेजमा विज्ञापन पोस्ट गरेिएको थियो ।

त्यसपश्चात उक्त मोटरसाइकल खरिद गर्ने भन्दै  साउन १७ गते लिई फरार भएको घटनाको अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न काडमाडौं हाँडीगाउँ बस्ने २० राकेश थापासमेत १९ वर्षीय विकाश थामी, २९ वर्षीय सुरोजन शाहीलाई बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले बौद्धबाट पक्राउ गरेको हो ।

साथै अनुसन्धानको क्रममा निज राकेश थापा समेतको संलग्नतामा साउन ६ गते  धनुषा घर भई  जैशीदेवल बस्ने २४ वर्षीय लक्ष्मण राज शाहले प्रयोग गर्ने मधेश प्रदेश ०२-००६ प ५६६७ नं.को आर १५ भी ४ मोटरसाइकलसमेत सोही प्रकृतिबाट लगेको भनी खुल्न आएकोमा उक्त मोटरसाइकल बौद्ध बाट र बाग्मती प्रदेश ०२-०३६ प ७७४२ नं.को केटीएएम ड्यूक २५० मोटरसाइकल भक्तपुरको सानोथिमी बाट बरामद गरी जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनाले सोही प्रकृतिबाट अरु थप मोटरसाइकलहरू समेत चोरी गरेको हुन सक्ने देखिएपछि  थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ८ : १७ बजे

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

एजेन्सी– संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र

बागमतीका मुख्यमन्त्री थापालाई चौतर्फी संकट : राप्रपापछि नेकपामा किचलो, कांग्रेसको चेतावनीले अर्को तनाव

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले उदयपुर र चितवनबाट तीन