थामे बाढीमा बगे दर्जन बढी घर, दूधकोशी आसपासमा उच्च सतर्कता अपनाउन आग्रह « Khabarhub

थामे बाढीमा बगे दर्जन बढी घर, दूधकोशी आसपासमा उच्च सतर्कता अपनाउन आग्रह


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका थामे गाउँमा आएको बाढीले १४ वटा घर बगाएको गाउँपालिकाले जनाएको छ ।

शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै गाउँपालिकाले बाढीबाट हालसम्म १ विद्यालय होस्टल, १ क्लिनिक, ५ वटा होटल र ७ वटा घरसहित १४ वटा भवनहरु पूर्ण रुपमा बगेका जनाएको छ ।

स्थानीय सरकार, स्थानीय प्रशासन र स्थानीय वासीको सहयोगमा उद्वार कार्य भइरहेको भन्दै खराब मौसमका कारण गाउँपालिकाका सबै जनप्रतिनिधी एवं कर्मचारी यथासमयमा उक्त बस्तीमा पुग्न नसकिएको र भोलि बिहानैदेखि उद्वार तथा राहत कार्यमा सम्पूर्ण जनप्रतिनिधी तथा कर्मचारी खटिने विज्ञप्तीमा उल्लेख छ ।

थप उद्वार, राहत तथा पुनःस्थापनाको लागि संघीय सरकार, प्रदेश सरकार एवं गैर सरकारी संघ संस्थाबाट सहयोगको अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।

दूधकोशी आसपासका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय खोटाङले दूधकोशी आसपासका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चेको थामेमा आजदेखि भीषण बाढी आएपछि सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

“दूधकोशीको शीरमा रहेको ताल फुटेको भन्ने प्रारम्भिक सूचना प्राप्त भएको छ”, जिल्ला प्रशासन कार्यालय खोटाङका प्रशासकीय अधिकृत शिवकुमार राईले शुक्रबार साँझ जारी गरेको सूचनामा भनिएको छ, “दूधकोशी किनारमा बसोबास गर्ने र अन्य कार्य गर्ने नागरिक सतर्क रहन अनुरोध छ ।”

बाढीले सोलुखुम्बुस्थित खोला किनारमा रहेको थामे गाउँको दर्जन बढी घर, विद्यालय भवन तथा स्वास्थ्य चौकी बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । थामेखोलाको बाढी क्रमशः भोटेकोशी हुँदै दूधकोसीतर्फ झर्दै गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

बाढीले खोटाङ र ओखलढुङ्गाको कोशी किनारमा बसोबास गर्ने स्थानीय बासिन्दा जोखिम परेका छन् । दूधकोशीमा बाढी आउन लागेपछि खोटाङको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका र रावाबेँसी गाउँपालिकाले नदी आसपासमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सोलुखुम्बुमा आएको बाढी खोटाङ आसपासमा आइपुग्न केही घण्टा लाग्ने अनुमान छ । थामेखोलाको बाढी थामेखोलाको बाढी क्रमशः भोटेकोशी हुँदै दूधकोसीतर्फ झरेपछि जिल्ला विपद् व्यवस्थापन समिति खोटाका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की नेतृत्वको टोली सम्भावित बाढी प्रभावित क्षेत्रमा प्रस्थान गरेका छन् ।

सोलुखुम्बुमा हिम ताल फुटेर वा हिमपहिराको कारणले बाढी आएको भन्ने यकिन भएको छैन । घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय थाम्बुचे र इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।

यस्ताे छ गाउँपालिकाकाे विज्ञप्ती

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ९ : २० बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि