मन्दिरबाट फर्कँदा चट्याङ लागेर मृत्यु « Khabarhub

मन्दिरबाट फर्कँदा चट्याङ लागेर मृत्यु


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुगुको छायानाथ नगरपालिका– १० स्थित ऋणमोक्ष मन्दिर दर्शन गरी फर्कने क्रममा चट्याङले लागेर एकजना दर्शनार्थीको मृत्यु भएको छ । चट्याङबाट दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा पातारासी गाउँपालिका– ४ का ४० वर्षीय पुरुष रहेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ । मन्दिरबाट फर्कँदै गरेका अर्का ३१ वर्षीय पुरुष र ५० वर्षकी महिला घाइते भएका छन् ।
त्यस्तै रोल्पा नगरपालिका– ९, ह्वामे बस्ने ५५ वर्षका पुरुष र ५० वर्षकी महिला सुतिरहेको ठाउँमा राति चट्याङ पर्दा दुबै घाइते भएका छन् ।

चट्याङलाई मनसुनजन्य घटनाका रुपमा लिइन्छ । पछिल्लो समय चट्याङबाट मृत्यु हुनेको संख्या अत्यधीक बढ्दै गएको छ । गत जेठ २८ देखि असार २५ सम्म एक महिनाको अवधिमा देशभरिमा मानवीय क्षति हुने गरी ९४ वटा चट्याङका घटना भएका छन् ।

एक महिनाको अवधिमा चट्याङबाट १९ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । चट्याङबाट सम्पत्तिमा क्षति हुनेसमेत प्रभावित परिवारको संख्या एक सय रहेको छ ।

जेठयताको तीन महिनामा मात्रै चट्याङ लागेर २४ जनाको मृत्यु भएसकेको छ भने ५५ जना घाइते भएका छन् ।

यसअघि ०८१ बैशाखमा एकै महिनामा चट्याङबाट ७७ जना घाइते हुनुका साथै ८ जनाको मृत्यु भएको थियो । ०८० चैतमा चट्याङबाट ४ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

फागुन महिनामा समेत चट्याङबाट क्षति पुग्ने गरेको छ । प्राधिकरणका अनुसार गत फागुनमा चट्याङ लागेर ९ जना घाइते भएका थिए । त्यसो त माघ महिनामा परेको चट्याङबाट १ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका थिए । ०८० पुसमा चट्याङ लागेर एकजना घाइते भएको प्राधिकरणमा रेकर्ड छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  १० : २४ बजे

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको

एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई

काठमाडौं- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई