गुल्मीको तम्घास–रिडी–वामीटक्सार सडक अबरुद्ध « Khabarhub

गुल्मीको तम्घास–रिडी–वामीटक्सार सडक अबरुद्ध


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गुल्मी– अबिरल वर्षाका कारण गएको पहिरोले तम्घास‐रिडी‐वामीटक्सार सडकखण्ड अबरुद्ध बनेको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अबरुद्ध बनेको हो ।

त्यसैगरी तम्घास‐रिडी सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका– १ को रिडी खज्राङ सडक र तम्घास‐रिडी सडकअन्तर्गत रातामाटामा सडक माथिबाट चट्टानसहितको पहिरो खस्दा सो क्षेत्रमा पूर्णरुपमा अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

अविरल वर्षाका कारण रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ उर्लीखोला नजिकै डहरेखोलामा पानीको बहाव बढेपछि सडक अबरुद्ध बनेको छ ।

सडक अबरुद्ध बनेपछि सदरमुकाम तम्घास र वामीटक्सारदेखि बुटवल‐काठमाडौँसम्म जाने लामो तथा छोटोदुरीका सवारी साधनहरु बीचबाटोमै अलपत्र परेका छन् ।

सडक सञ्चालन गर्न स्थानीय पालिका र प्रशासनद्वारा पहल भैरहे पनि वर्षा भइरहेको र पहिरो खस्ने क्रम नरोकिएका कारण सडक सञ्चालन गर्न समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

 

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ९ : ०९ बजे

फिल्म ‘टिका’ बन्ने; महेश, वर्षा र ऋचा शीर्ष भूमिकामा

काठमाडौं – अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी फिल्म ‘टिका’ निर्माण

विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल : कानुनमन्त्री सिन्हा

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विषम परिस्थितिमा

दोलखामा जगदीश खरेल विजयी

दोलखा- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदीश

देउवालाई नैतिकताको पाठ पढाउने गगन अब के गर्लान् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा लोकतन्त्र, विधिको शासन, सदाचारिता,

एमालेको इतिहासमै लज्जास्पद नतिजा : प्रत्यक्षतर्फ उठेका सबै पदाधिकारी पराजित

काठमाडौं- फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले