बंगलादेशका पूर्व प्रधानन्यायाधीश हकविरुद्ध ठगी र किर्ते गरेको भन्दै अदालतमा मुद्दा दर्ता  « Khabarhub

बंगलादेशका पूर्व प्रधानन्यायाधीश हकविरुद्ध ठगी र किर्ते गरेको भन्दै अदालतमा मुद्दा दर्ता 


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

ढाका– हालै राजीनामा दिएका पूर्व प्रधानन्यायाधीश एबीएम खैरुल हकविरुद्ध ठगी र किर्ते गरेको भन्दै मुद्दा दायर गरिएको छ ।

पूर्व प्रधानन्यायाधीश तथा कानुन आयोगका हालै राजीनामा दिएका एबीएम खैरुल हकविरुद्ध ठगी, विश्वासघात र किर्ते गरेको आरोपमा उजुरी दर्ता मुद्दा भएको हो ।

एक वकिल इमरुल हसनले आइतबार ढाकाको महानगरीय मजिस्ट्रेट दिलरुबा अफ्रिन तिथीको अदालतमा सीआर मुद्दा पेश गरेका हुन । उनका अनुसार अदालतले वादीको बयान लिइसकेको छ र निर्णयको पर्खाइमा छ। वादी इमरुल हसनले सो जानकारीको पुष्टि गरेका छन् ।

अगस्ट १४ मा एबीएम खैरुल हकले सन् २०१३ देखि आफ्नो पदबाट राजीनामा दिएका थिए ।

न्यायाधिश हक २०१३ जुलाई २३ मा प्रधानन्यायाधीशको हैसियतमा कानून आयोगको अध्यक्षमा नियुक्त भएका थिए । उनको कार्यकाल २०१६, २०१९ र २०२२ गरी तीन पटक थप गरिएको थियो ।

हक सेप्टेम्बर २७, २०१० मा बंगलादेशको १९औँ प्रधानन्यायाधीश बनेका हुन् ।

–न्युजकारखाना

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  २ : ३२ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६