नेपाल र भारतबीचको सम्बन्धलाई सीमाले छेकबार गर्न सक्दैन : मुख्यमन्त्री सिंह « Khabarhub

नेपाल र भारतबीचको सम्बन्धलाई सीमाले छेकबार गर्न सक्दैन : मुख्यमन्त्री सिंह


२ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

जनकपरधाम–  मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सीमाले नेपाल र भारतबीचको सम्बन्धलाई छेकबार गर्न नसक्ने बताएका छन् ।

आइतबार नेपाल फाउन्डेशनले जनकपुरधाममा आयोजना गरेको ‘नेपाल भारत सम्बन्धमा युवाको भूमिका’ विषयक एक दिने कार्यशालामा बोल्दै मुख्यमन्त्री सिंहले राजनीतिक रूपमा दुई देशबीचको सम्बन्धमा उतारचढाव आए पनि सामाजिक र सांस्कृतिक सम्बन्धले त्यसलाई अटुट राख्ने विश्वास व्यक्त गरेका हुन् ।

उनले दुई देशबीचको जनस्तरमा कायम सामाजिक/सांस्कृतिक सम्बन्धलाई सीमाले रोक्न नसक्ने बताएका छन् । सम्बन्धलाई अझ बढी सुदृढ र सकारात्मक बनाउन युवा वर्गले भूमिका खेल्नुपर्ने मुख्यमन्त्री सिंहले सुझाए ।

त्यस्तै, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले अहिले सुशासन र विकासको युग सुरु भएकोले दुवै देशले त्यस तर्फ काम थाल्नुपर्ने बताइन् । उनले असमानता, विभेदिकरणको विरुद्ध नेपालको नेतृत्व वर्गले पनि गम्भीरता पूर्वक काम गर्नुपर्ने सुझाए ।

उनले दुई देशबीच राम्रो सम्बन्ध खोज्नेलाई यहाँ ’भारतीय दलाल’ भन्ने गरिएकोमा दुःख व्यक्त गरिन । उनले भारत विश्वस्तरमा आफ्नो स्थान बलियो बनाउन लागेको र त्यसबाट नेपालले लाभ लिन सक्नुपर्ने चर्चा गरे ।

कार्यक्रममा सहभागीहरूले दुई देशबीचको ऐतिहासिक सम्बन्धको चर्चा गरेका थिए ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ४ : ५४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको