टीरआरसी विधेयक पुग्यो राष्ट्रिय सभामा, छलफलपछि पारित गरिने « Khabarhub

टीरआरसी विधेयक पुग्यो राष्ट्रिय सभामा, छलफलपछि पारित गरिने


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय सभाबाट बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

आइतबार सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट पारित भएर सन्देशसहित पुगेको उक्त विधेयक राष्ट्रिय सभामा पेस गरेका थिए ।

कानुनमन्त्री चौरसियाले नेपालका कहिले पनि द्वन्द्व नदोहोरिन दिन, सबैलाई मान्य हुनेगरी शान्ति स्थापना होस् भनेर विधेयक ल्याइएको बताए ।

उनले विधेयक ऐनका रुपमा परिणत भइसकेपछि पारदर्शी ढंगले दुवै आयोग बन्ने बताए । उनले टीआरसी विधेयक राष्ट्रिय सभाले सर्वसम्मतिले पारित गर्ने विश्वास जनाएका छन् ।

त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले टीआरसी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे । विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सांसदहरूले राष्ट्रिय सभाअन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गराउन सकिने उनले जानकारी दिए ।

 

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ७ : ०१ बजे

बीपी स्मृति दिवसकै दिन कांग्रेस ईतरले रोज्यो फुटको साइत, सदस्यता नवीकरणमा गलेन संस्थापन

गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि देखिएको आन्तरिक विवाद समाधान हुन

खाद्य तथा कृषि संगठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु

काठमाडौं– नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन (एफएओ)

शासकीय सुधारलाई निरन्तरता दिने सचिव बैठकको निर्णय

काठमाडौं– सरकारका सचिवहरूको बैठकले शासकीय सुधारका लागि अघि बढाइएका कार्यक्रमलाई निरन्तरता

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर, फेरि अधिवेशन गर्न निर्देशन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति बदर गरिएको छ।

बीपी स्मृति दिवसमा कांग्रेसका तीन विशेष कार्यक्रम, गगनले नयाँ अभियान घोषणा गर्ने

काठमाडौं- नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवस ‘जलवायु