मातृ तथा शिशू स्वास्थ्य सरकारको पहिलो प्राथमिकता: स्वास्थ्यमन्त्री यादव « Khabarhub

मातृ तथा शिशू स्वास्थ्य सरकारको पहिलो प्राथमिकता: स्वास्थ्यमन्त्री यादव


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मातृ तथा नवजात शिशुको मृत्युदर घटाउन सरकारले प्रसूति सेवाको पहुँचको सुनिश्चितता गरेको बताएका छन् ।

शुक्रबार थापाथलिस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको वार्षिकोत्वसमा स्वास्थ्य मन्त्री यादवले आमा सुरक्षा कार्यक्रमले सबै आमालाई प्रसूति सेवाको पहुँचको सुनिश्चितता गरेको बताएका हुन् ।,

“स्वास्थ्य सबै संयन्त्रको पहिलो प्राथमिकता मातृ तथा नवशिशु मृत्युदरमा उल्लेखनीय सुधार ल्याउने भन्ने छ, ”, मन्त्री यादवले भने, “आमा सुरक्षा कार्यक्रम सबै आमालाई प्रसूति सेवाको पहुँचको सुनिश्चितता सरकारले गरेको छ ।”

सेवाको पहुँचमा नभएका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार कार्यक्रम मार्फत सहयोग गरेको मन्त्री यादवको भनाइ छ । ।

मन्त्री यादवले दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्था बलियो र प्रभावकारी बनाउन जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारको विकास गर्ने बताए ।

२०१६ सालमा स्थापना भएको प्रसूती अस्पतालमा हाल दैनिक ६० भन्दा बढी महिलाले सुत्केरी गराउने गरेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ६ : ३४ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको