शेयर के हो ? थाहा पाउनोस् | Khabarhub Khabarhub

खबरहब शेयर शिक्षा श्रृङ्खला भाग-१

शेयर के हो ? थाहा पाउनोस्


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हामीमध्ये धेरैले सुन्दै आएको विषय हो शेयर । कतिपयले ‘शेयरमा मैले यति कमाएँ, उति कमाएँ भन्ने गरेको सुनिन्छ । तर, शेयर भनेको के हो भन्ने विषय धेरैलाई थाहा नहुन सक्छ ।

सूचना प्रविधिको विकाससँगै शेयरबजार आम मानिसको पहुँचमा पुग्दा यसको बारेमा जान्ने धेरैको जिज्ञासा रहेको पाइन्छ ।

आखिर शेयर भनेको के हो त ? शेयरको नियमन गर्ने निकाय र विज्ञहरूले शेयरलाई गरेको परिभाषा अनुसार खबरहबले यो सामग्री तयार पारेको छ ।

सामान्यतया शेयरलाई भनेको कुनै संगठित संस्थाको पुँजीको रुपमा पनि बुझिन्छ । अर्थात् शेयर छ भने त्यो संगठित संस्थाको साझेदारी भन्ने पनि बुझिन्छ ।

कम्पनीले संकलन गर्ने पुँजीलाई स–साना एकाइमा टुक्र्याउँदा त्यसलाई शेयर भनिने भनेर ‘नेपालको शेयर बजार’ नामक पुस्तकमा शेयरसम्बन्धी विज्ञ रविन्द्र भट्टराईले लेखेका छन् ।

‘१ लाख रूपैयाँलाई १०० रूपैयाँ दरका टुक्रा बनाउँदा १ हजार टुक्रा बन्छ । हरेक एक टुक्रालाई एक कित्ता शेयर भनिन्छ’, भट्टराईको पुस्तकमा उल्लेख छ ।

शेयर भनेको कुनै पनि कम्पनीको पुँजीको विभाजित अंक भएको शेयर विज्ञ तथा धितोपत्र अधिवक्ता ज्योति दाहाल बताउँछन् । ‘कुनै पनि कम्पनीको पुँजी हुन्छ, त्यो पुँजीलाई टुक्रा–टुक्रा गरिन्छ त्यसैलाई शेयर भनिन्छ’, दाहाल भन्छन्, ‘उक्त शेयर प्राथमिक र द्वितीय रूपबाट प्राप्त हुन्छ ।’

प्राथमिक रूपमा प्राप्त हुने शेयर भनेको कम्पनीले आईपीओको रूपमा जारी गरेको शेयरलाई बुझिन्छ भने द्वितीय भनेको शेयर बजारको दोस्रो बजारबाट किनेको शेयर भन्ने बुझिन्छ ।
नेपालको हकमा भन्ने हो भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बाट द्वितीय शेयर खरिद गर्न सकिन्छ ।

त्यस्तै बैंकर अभिष आचार्य शेयर भनेको कम्पनीको हिस्साको रूपमा बुझनुपर्ने बताउँछन् । आचार्य भन्छन्, ‘तपाईसँग एउटा स्याउ छ भने त्यसलाई टुक्रा पारेर ४ भागमा बाँड्न सक्नुहुन्छ भनेजस्तै कम्पनीको पुँजी पनि त्यस्तै हुन्छ ।’

कुनै पनि कम्पनीलाई थप विस्तार गर्न थप पुँजी लगानीको आवश्यकता पर्छ । त्यसको लागि सो कम्पनीले शेयर वितरण गर्ने आचार्य बताउँछन् ।

कुनै कम्पनीको शेयर हुने सम्पूर्ण त्यो कम्पनीको मालिक हुने आचार्य बताउँछन् । अहिले नेपालमा शेयर पहिलो बजार र दोस्रो बजारमा कारोबार गर्ने नेप्से मात्र रहेको छ । अन्य देशरूमा यस्ता २ भन्दा बढी बजारहरू पनि हुने गरेका छन् ।

धितोपत्र ऐन, २०६३ ले शेयरबजारमा कारोबार हुनसक्ने धितोपत्रको विषयमा पनि स्पष्ट परिभाषा गरिदिएको छ । जसमा भनिएको छ–

‘धितोपत्र भन्नाले संगठित संस्थाले जारी गरेको शेयर, स्टक, बण्ड, डिवेञ्चर, डिवेञ्चर स्टक वा सामूहिक लगानी योजना सम्बन्धी प्रमाणपत्र वा नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गरेको ऋणपत्र, बचतपत्र वा बण्ड सम्झनुपर्छ र सो शब्दले धितोपत्र बजारमार्फत् कारोबार हुन सक्ने वा हस्तान्तरण हुनसक्ने भनी बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो धितोपत्र खरिद, बिक्री वा विनिमय गर्नसक्ने अधिकारपत्र समेतलाई जनाउँछ ।’

नेपाल राष्ट्र बैंकले शेयरलाई पुँजीको अदृश्य इकाइ भनेर परिभाषित गरेको छ । ‘शेयर, पुँजीको अदृश्य इकाइ हो, जसमा कम्पनी तथा शेयर धनीबीच करार हुने गर्दछ’, राष्ट्र बैंकले भनेको छ, ‘कम्पनीको पुँजी वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरी लगानीकर्ताहरूलाई बिक्री गरिन्छ । यसरी कम्पनीका लागि पुँजी जम्मा गर्नका लागि शेयर बिक्री गरिन्छ ।’

कुनै संस्थामा आफूले गरेको लगानीको अनुपातमा उक्त घाटा वा नाफा दुवैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंश नै शेयर भएको राष्ट्र बैंकले बताएको छ ।

‘कम्पनीको पुँजीको संरचना स्वीकृति गरेपछि सबैभन्दा पहिला कम्पनीको सुरूवात गर्नेहरुले रकम बराबरको शेयर हाल्छ त्यसलाई संस्थापक शेयर वा अग्राधिकार शेयर भनिन्छ’, राष्ट्र बैंकले भनेको छ, ‘संस्थापकहरूले संस्थापक शेयर हालिसकेपछि कम्पनी चलाउन लगानी जुट्ने वातावरण सृजना हुन्छ । त्यसपछि मात्र ऋण खोजिन्छ र साधारण शेयर जारी गरिन्छ । साधारण शेयर तपाईं हामी सर्वसाधारण जनताबाट उठाइएको शेयर हो ।’

समाजमा छरिएर रहेको बचत तथा पुँजीलाई एकत्रित गरी आवश्यक परेको क्षेत्रमा प्रवाह गर्न तथा परिचालन गर्न महत्वपूर्ण भूमिका शेयरले गर्ने नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  १ : २६ बजे

कोहलपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण

बाँके– बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ का ८६ अव्यवस्थित

मगर समुदायले भूमे पर्व मनाउँदै, लुम्बिनी प्रदेशका चार जिल्लामा बिदा 

दाङ– मगर जातिले आइतबार आफ्नो मुख्य भूमे पर्व मनाउँदै छन्

एकैस्थानमा १७ सय बढीले गरे रक्तदान

चितवन– चितवनमा आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले

रमेश भुसालको ‘छालबाटो’ माथि परिचर्चा 

पोखरा– पोखरामा शनिबार रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

मोरङ– मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल  दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार