अविरल वर्षाले कालीगण्डकी करिडोर अवरुद्ध | Khabarhub Khabarhub

अविरल वर्षाले कालीगण्डकी करिडोर अवरुद्ध


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मध्यबिन्दु कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) खण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण बौदीकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा लेदोसहितको पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । 

पहिरोका कारण आज बिहान साढे ७ बजेदेखि सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए।  यस खण्डमा अहिले लगातार वर्षा भएकाले वर्षा रोकिएपछि मात्र सडक खुलाउने कार्य हुने बताइएको छ । कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्रका साथै पाल्पा र स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।

साथै गएरातिदेखिको वर्षाले नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न ग्रामीण सडक अवरुद्ध भएका छन् । जिल्लाको समथर भूभागमा डुबान र सडक कटानले यातायात क्षेत्र प्रभावित भएको छ भने पहाडी क्षेत्रमा पहिरोका कारण अहिले सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए ।

   खहरे खोलामा पानीको बहाव बढ्दा मध्यविन्दु नगरपालिका–९ वसन्तपुमा मोटरसाइकल बगाएको छ । हुप्सेकोट गाउँपालिका–३ गिरुबारीका देवबहादुर फालमगर र उनकी छोरी तुलसी फालमगर बोडी बेच्न जाँदा खोला तर्ने क्रममा मोटरसाइकलसहित बगाएकामा बाबु र छोरीलाई सकुशल उद्धार गरिएको तर मोटरसाइकल खोलाले बगाएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। 

पछिल्लो तीन घण्टामा जिल्लास्थित डण्डा वर्षा मापन केन्द्रलगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको र थप हुनसक्ने सम्भावना रहेको हुँदा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ । 

जल तथा मौसम विज्ञान विभागले एसएमएसमार्फत दिउँसो १२ बजेसम्म नारायणी नदी, यसका सहायक नदी र अन्य ससाना खोलामा बहाव उल्लेख्य बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  १ : ४० बजे

देशको अवस्था सामान्य नहुने बेलासम्म ‘कमेडी दरबार’ प्रसारण नहुने

काठमाडौं – जेनजी आन्दोलनले देशमा उत्पन्न असामान्य परिस्थितिको कारण देखाउँदै

संविधान बोक्दै काभ्रेमा पत्रकार र वकिलको मौन प्रदर्शन

काठमाडौँ – काभ्रेमा नेपाल पत्रकार महासङ्घको जिल्ला शाखा र नेपाल

दलसँग निकटताले निशानामा मीनबहादुर, विनोद चौधरीदेखि हिल्टन सञ्चालकसम्म

काठमाडौँ– यही सोमबार भएको प्रदर्शनमा राज्यपक्षबाट भएको दमनविरुद्ध मंगबालर जेन–जी

प्रदर्शनका क्रममा निस्केका सिसालाई अन्य फोहरसँग नमिसाउन आग्रह

काठमाडौं – काठमाडौँ महानगरपालिकाले जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएका संरचनाबाट

धरानको भाटभटेनीमा जलेका चारवटा शव फेला, अवशेषमात्रै बाँकी

सुनसरी – धरानको भाटभटेनी सुपरमार्केटभित्र जलेको अवस्थामा चारवटा शवका अवशेष