भोटखोला जाने सडक डेढ महिनादेखि अवरुद्ध, बिरामी र सर्वसाधारण मार्कामा « Khabarhub

भोटखोला जाने सडक डेढ महिनादेखि अवरुद्ध, बिरामी र सर्वसाधारण मार्कामा


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्काउत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका जोड्ने एकुवा खोलाको पक्की पुल बगाएपछि डेढ महिनादेखि यातायात सेवा अवरुद्ध भएको छ । 

उत्तर दक्षिण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा बिरामी र सर्वसाधारण मार्कामा परेका छन् । मकालु गाउँपालिका–३ स्थित एकुवा खोलामा पक्की पुल बगाउँदा भोटखोलाका बिरामी र सर्वसाधारण मार्कामा परेको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताए । 

पहिराले मकालु गाउँपालिका–३ र भोटखोला गाउँपालिका–४ को बीचमा रहेको एकुवा खोलाको पुल बगाएको हो । पहिराले पक्की पुल र सडक बगाएपछि जोखिमपूर्ण यात्रामा विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता, बिरामीलाई कठिन भएको गाउँपालिका अध्यक्ष भोटेले बताए । 

गत असारको पहिलो साता मुसलधारे वर्षापछि आएको बाढीपहिरोले पुल बगाएको थियो । एम्बुलेन्स चल्न नसक्दा बिरामीलाई उपचारको लागि सदरमुकाम खाँदबारी लैजाने स्थानीयहरूले सास्ती खेप्नुपरेको छ । 

उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्ड बन्द हुँदा यहाँका बिरामी र सर्वसाधारण सदरमुकाम खाँदबारी आउन समस्या भएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताए। हिउँदमा खाँदबारीदेखि भोटखोलाको गोलासम्म दैनिक बोलेरो र बसले यात्रुहरू ओसार्छन् । उक्त सडक अवरुद्ध हुँदा करिब १० हजार नागरिक सडक सञ्जालमा जोडिन सकेका छैन । 

पहिराले इकुवा खोलाको २० मिटर लामो पक्की पुल र पिलरसहित बगाउँदा रु चार करोड बढीको क्षति भएको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । उक्त क्षेत्रमा यातायात सञ्चालन गर्न अझै दुई महिना लाग्ने उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । उक्त पुल विसं २०७९ मा निर्माण गरिएको थियो । पक्की पुल बगाएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा पूर्णरूपमा ठप्प भएको छ । 

यसअघि सदरमुकाम खाँदबारीदेखि भोटखोलाको बरुणसम्मको ८० किलोमिटरसम्म यातायात चल्दै आएको थियो । पहिराले उत्तर–दक्षिण राजमार्गमा पर्ने विभिन्न सडकखण्डमा क्षति पुर्‍याएको छ । डेढ महिनादेखि यातायात सेवा बन्द हुँदा भोटखोलामा खाद्यान्न संकट आउने अवस्था रहेको गाउँपालिकाले जनाएको छ । भोटखोलाको किमाथाङ्का उच्च हिमाली क्षेत्र भएका कारण त्यहाँ कोदो, मकै र आलुबाहेक खाद्यान्न उत्पादन हुँदैन । 

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ७ : ३० बजे

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

ऋण खोजेर सुरु गरेको तरकारीखेती बन्यो सोवितको पहिचान

म्याग्दी– तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ

लुम्बिनी प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा आजदेखि सरकारको विनियोजन विधेयक २०८३ का सिद्धान्त

छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति

मुस्ताङ– छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न

काजी र मितज्यू हलमा

काठमाडौं – आजबाट दुई नेपाली फिल्म हलमा लागेका छन् ।