माओवादी प्रदेशस्तरीय परामर्श समिति बैठक आजदेखि « Khabarhub

माओवादी प्रदेशस्तरीय परामर्श समिति बैठक आजदेखि


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आज सुरु हुँदैछ ।

आज पहिलो दिन बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्नेछ ।

बागमती प्रदेशका इन्चार्ज अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा गत असार ३१ गते सम्पन्न स्थायी समिति बैठकको निर्णय, परिपत्रसहितका प्रस्तावमाथि छलफल र परामर्श हुनेछ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुनेछन् ।

बागमती प्रदेश अन्तर्गतको परामर्श समितिको बैठक बिहीबारसम्म चल्नेछ भने अन्य प्रदेश र मोर्चा कमिटीहरुको बैठक आगामी असोज ३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ९ : ३७ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल