पहिराले पाइप लाइनमा क्षति हुँदा खानेपानी वितरण प्रभावित | Khabarhub Khabarhub

पहिराले पाइप लाइनमा क्षति हुँदा खानेपानी वितरण प्रभावित


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानीको पाइप लाइनमा पहिराले क्षति पुर्‍याएको छ । मङ्गलबार रातिदेखि परेको निरन्तरको वर्षाका कारण व्यास नगरपालिका–१३ निउरोघारी नजिक पहिरो गई खानेपानी मुहानको पाइप लाइनमा क्षति पुगेको हो ।

खानेपानी मुहानको ‘मेनलाइन’ को जिआइ पाइपलाइन पहिराले क्षति पुगेपछि पानी आपूर्ति बन्द भएको उपभोक्ता समितिका सचिव राजेश्वर हड्खलेले जानकारी दिए । पाइप लाइन मर्मत गर्न समय लाग्ने भएकाले पानी वितरणमा समस्या आउने उनले बताए ।

यसअघि पनि असारको अन्तिम साताको पहिराले खानेपानी पाइपमा क्षति पुगेको थियो । उक्त खानेपानी संस्थाले त्यस वडाका दुई हजार छ सय ८० उपभोक्तालाई पानी वितरण गर्दै आएको छ ।

उपभोक्ता समितिले १३ किलोमिटर दूरीमा पर्ने खिरखाँदी मुहानबाट पानी ल्याएर वितरण गर्दै आएको छ । समितिले चार वटा मुहानबाट प्रति सेकेण्ड कूल २० लिटर पानी सङ्कलन गरी उपभोक्तालाई वितरण गरिरहेको छ ।

समितिले नगर विकास कोषको सहयोगमा आयोजना निर्माणका लागि सम्झौता गरेको थियो । संस्थाले नगर विकास कोषसँग रु तीन करोड ८१ लाख ऋण लगानीका लागि सम्झौता गरेको थियो । खानेपानी तथा सरसफाई क्षेत्र सहलगानी आयोजनाअन्तर्गत भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न नगर विकास कोषसँग सम्झौता गरिएको समितिका अध्यक्ष चिजबहादुर दरैले बताए ।

व्यास नगरपालिका–१ सेवा क्षेत्र रहेको उक्त आयोजनामा नेपाल सरकारको ७० प्रतिशत अनुदान रकम रु १० करोड ६७ लाख, नगर विकास कोषबाट २५ प्रतिशत ऋण रकम रु तीन करोड ८१ लाख र पाँच प्रतिशत रकम रु ७६ लाख २१ हजार उपभोक्ता संस्थाबाट बेहोरिने अध्यक्ष दरैले जानकारी दिए ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ८ : १७ बजे

उद्योग वाणिज्य महासंघमा राजनीति छिर्‍यो

म ०५८ देखि ०६० सम्म उद्योग वाणिज्य महासंघको अध्यक्ष रहेँ

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिने बढ्दै

कञ्चनपुर– कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र

हरिशयनी एकादशीमा कालीगण्डकी नदीमा स्नान गर्नेको भुइँचो

पर्वत– हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदै छन् ।

सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

चितवन– सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ ।