परराष्ट्रमन्त्री राणा र भाजपा नेता विजय चौथाइवालेबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री राणा र भाजपा नेता विजय चौथाइवालेबीच भेटवार्ता


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छन् ।

बुधबार नयाँ दिल्लीको शेराटन होटलमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा चौथाइवालेले परराष्ट्र मन्त्री नियुक्त भएकोमा मन्त्री राणालाई बधाइ दिएका थिए।

साथै नेपाल–भारत सम्बन्धको नयाँ आयाम र अवसरहरूबारे छलफल भएको चौथाइवाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

यसअघि मन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् ।

परराष्ट्रमन्त्री राणा भारतीय समकक्षी डा एस जयशंकरको निमन्त्रणामा आइतबार नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । मन्त्री राणाको भ्रमणअघि नै भारतीय विदेश मन्त्रालयले नेपाललाई निकट छिमेकीका रुपमा आफ्नो प्राथमिकतामा राखेको जनाएको थियो।

मन्त्री राणा बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ९ : ११ बजे

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो