६ अंकले बढ्यो नेप्से, १९ अर्ब बढीको कारोबार  « Khabarhub

६ अंकले बढ्यो नेप्से, १९ अर्ब बढीको कारोबार 


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६ अबंले बढेको छ । नेप्से ०.२० प्रतिशतले बढेर २९७४.४६ विन्दुमा पुगेको छ । दुई दिन सार्वजनिक विदामा बन्द रहेको नेप्से बुधबार बजार खुल्दा २ अंकले बढेको थियो । आज नेप्से ६ अंकले बढेसँगै कारोबारमा पनि बढोत्तरी भएको छ ।

आज १९ अर्ब १६ करोड ६ लाख ५२ हजार रुपैयाँ बराबरको ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेले ३ पटकसम्म ३ हजारको विन्दु पार गरे पनि बजार बन्द हुँदा भने १९७४ विन्दु मात्र कायम भएको छ ।

नेप्से बढ्दा विकास बैंकमा लगानीकर्ताको अकर्षण देखिएको छ । आज विकास बैंक ४.५२ प्रतिशतले बढेर ५९३०.१७ विन्दुमा पुगेको छ । १३ वटा समूहमध्ये ७ वटा समूह बढेको छ भने बाँकी ५ समूह घटेको छ । सबैभन्दा बढी ट्रेडिङ समूह घटेको छ ।

आज ३३३ वटा कम्पनीको शेयर २ लाख १६ हजार ४५५ पटक किनबेच हुँदा १३२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज ७ वटा कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको छ भने एक डिभेन्चरमा नेगेटिभ सर्किट लागेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ३ : १८ बजे

कागेश्वरी मनोहराका वडाध्यक्ष थापाको निधन

काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको

कमैयाबाट उद्यमीसम्मको केशव डगौराको सङ्घर्षमय यात्रा

कञ्चनपुर– बीस वर्षअघि कमैया मुक्तिको घोषणा हुँदा शुक्लाफाँटा नगरपालिका–१० झलारीका

एनपीएल बलिङमा सर्वाधिक १२ विकेट लिने यी हुन् चार नेपाली खेलाडी

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा ३२ मध्ये २५ खेल

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

ढोरपाटन– भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको