६ अंकले बढ्यो नेप्से, १९ अर्ब बढीको कारोबार  « Khabarhub

६ अंकले बढ्यो नेप्से, १९ अर्ब बढीको कारोबार 


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६ अबंले बढेको छ । नेप्से ०.२० प्रतिशतले बढेर २९७४.४६ विन्दुमा पुगेको छ । दुई दिन सार्वजनिक विदामा बन्द रहेको नेप्से बुधबार बजार खुल्दा २ अंकले बढेको थियो । आज नेप्से ६ अंकले बढेसँगै कारोबारमा पनि बढोत्तरी भएको छ ।

आज १९ अर्ब १६ करोड ६ लाख ५२ हजार रुपैयाँ बराबरको ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेले ३ पटकसम्म ३ हजारको विन्दु पार गरे पनि बजार बन्द हुँदा भने १९७४ विन्दु मात्र कायम भएको छ ।

नेप्से बढ्दा विकास बैंकमा लगानीकर्ताको अकर्षण देखिएको छ । आज विकास बैंक ४.५२ प्रतिशतले बढेर ५९३०.१७ विन्दुमा पुगेको छ । १३ वटा समूहमध्ये ७ वटा समूह बढेको छ भने बाँकी ५ समूह घटेको छ । सबैभन्दा बढी ट्रेडिङ समूह घटेको छ ।

आज ३३३ वटा कम्पनीको शेयर २ लाख १६ हजार ४५५ पटक किनबेच हुँदा १३२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज ७ वटा कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको छ भने एक डिभेन्चरमा नेगेटिभ सर्किट लागेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ३ : १८ बजे

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा