साफ यू–२० च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा « Khabarhub

साफ यू–२० च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा


६ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घरेलु टोली नेपाल समूह विजेता बन्दै साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ को गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा नेपालकालागि समीर तामाङ र निराजन धामीले गोल गरे । बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काए । खेलको १७ औँ मिनेटमै नेपालले सुरुआती अग्रता लियो ।

नेपालका कप्तान कुशल देउवाले पेनाल्टी बक्सबाट क्लियर गरेको बललाई बंगलादेशका गोलकिपरले रोक्न खोज्दा समीर तामाङले गोल गरेका थिए । त्यस्तै खेलको १९ औँ मिनेटमा निराजन धामीले गोल गरे ।

पहिलो हाफको ४२ औँ मिनेटमा मिराजुल इस्लामले बंगलादेशका लागि गोल गरेका थिए । तीन अंक जोडेको बंगलादेश  पनि समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेको छ । अव शुक्रबार हुने  समूह बी को अन्तिम खेलबाट नेपाल र बंगलादेशको सेमिफाइनल प्रतिद्वन्द्वी तय हुने छ ।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह ए मा छ । समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् । समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  ५ : ५२ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स