‘एक्टर’को पोस्टरमा प्रदीप खड्काका पाँच ‘लुक्स’ « Khabarhub

‘एक्टर’को पोस्टरमा प्रदीप खड्काका पाँच ‘लुक्स’


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिहारलाई लक्षित गरी कात्तिक १५ बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘एक्टर’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । उक्त पोस्टरमा फिल्मका नायक प्रदीप खड्कालाई पाँच लुक्समा देख्न सकिन्छ ।

प्रदीपको घाइते लुक्सले पोस्टरमा बढी स्थान पाएको छ । त्यसबाहेक उनीलाई नेपाली पोसाकमा, पाइलट, लामो कपाल र मुस्कानसहित फरक चार लुक्समा देख्न सकिन्छ ।

फिल्ममा उनको कुन लुक्सले प्राथमिकता पाएको छ भन्ने पोस्टरबाट अनुमान लगाउन गाह्रो छ ।

यद्यपि यो फिल्मले निर्माणको सुरुवातदेखि नै चर्चा पाएको छ । राजबल्लभ कोइरालाको कमब्याक फिल्म भएकाले पनि यसले चर्चा पाएको हो ।

यस फिल्मबाटै नायक दिलिप रायमाझीको छोरी दिव्याले ठूलो पर्दामा डेब्यू गर्दैछिन् ।

राजन भुसालको निर्देशन रहेको फिल्ममा प्रदीप, राजबल्लभ, दिव्यासहित आना शर्मा, दिव्य देव, सुशील सिटौला, उषा रजकलगायतको अभिनय रहेको छ ।

फिल्मका लेखक आकाश बराल र निर्देशक भुसाल हुन् । अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा बनेको यस फिल्मका निर्माता थमन कुमारी भण्डारी हुन् ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ४ : ५८ बजे

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख अर्याल

धादिङ– सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले

हिमपहिरो विध्वंशको ११ दिनपछि तिब्बतको केरुङ पुगे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम

काठमाडौं- नेपाल–तिब्बत सीमा क्षेत्रमा हिमनदी फुटेर आएको भीषण बाढीबाट भएको

राक्सिराङमा चेपाङ समुदायको न्वागी पर्व, नयाँ अन्न पितृलाई चढाएर मनाइँदै 

मकवानपुर– मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम)

कृष्णभीरको भासिएको सडक पूर्ण रूपमा बन्न अझै समय लाग्ने

काठमाडौं– धादिङको बेनीघाट रोराङ गाउँ पालिका ७ पृथ्वी राजमार्गको कृष्णभिरमा

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे