तनहुँ बस दुर्घटनाका घाइतेलाई भेट्न भारत सरकारका मन्त्री नेपाल आउँदै « Khabarhub

तनहुँ बस दुर्घटनाका घाइतेलाई भेट्न भारत सरकारका मन्त्री नेपाल आउँदै


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनामा घाइते भएका यात्रुलाई भेट्न र मृतकको शव लिन भारत सरकारका केन्द्रीय मन्त्री आज काठमाडौं आउँदै छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज काठमाडौं आउन लागेकी हुन् । उनको साथमा महाराष्ट्र जलगांवका एकजना विधायक पनि आउने बताइएको छ ।

मन्त्री खडसे काठमाडौँ आए लगत्तै दुर्घटनामा घाइते भइ उपचाररत यात्रुको स्वास्थ्य अवस्था बुझ्न टिचिङ अस्पताल महाराजगन्ज जाने कार्यक्रम छ ।

दुर्घटनामा घाइते भएका १६ भारतीय यात्रुको महाराजगंजस्थित टीचिंग अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा सामान्य घाइते भएका तीन जनालाई काठमाडौँस्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

यो पनि…
तनहुँ बस दुर्घटना : मृतकको शव परीक्षण चितवनमा

भारतीय सवार बस मर्स्याङ्दीमा दुर्घटना : ज्यान गुमाउनेको संख्या २७ पुग्यो

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ९ : ५६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५