तनहुँ बस दुर्घटनाका घाइतेलाई भेट्न भारत सरकारका मन्त्री नेपाल आउँदै « Khabarhub

तनहुँ बस दुर्घटनाका घाइतेलाई भेट्न भारत सरकारका मन्त्री नेपाल आउँदै


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनामा घाइते भएका यात्रुलाई भेट्न र मृतकको शव लिन भारत सरकारका केन्द्रीय मन्त्री आज काठमाडौं आउँदै छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज काठमाडौं आउन लागेकी हुन् । उनको साथमा महाराष्ट्र जलगांवका एकजना विधायक पनि आउने बताइएको छ ।

मन्त्री खडसे काठमाडौँ आए लगत्तै दुर्घटनामा घाइते भइ उपचाररत यात्रुको स्वास्थ्य अवस्था बुझ्न टिचिङ अस्पताल महाराजगन्ज जाने कार्यक्रम छ ।

दुर्घटनामा घाइते भएका १६ भारतीय यात्रुको महाराजगंजस्थित टीचिंग अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा सामान्य घाइते भएका तीन जनालाई काठमाडौँस्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

यो पनि…
तनहुँ बस दुर्घटना : मृतकको शव परीक्षण चितवनमा

भारतीय सवार बस मर्स्याङ्दीमा दुर्घटना : ज्यान गुमाउनेको संख्या २७ पुग्यो

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ९ : ५६ बजे

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने