विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २० जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २० जना पक्राउ


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कैलाली– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २० जना पक्राउ परेका छन् ।

कैलालीको गोदावरी नगरपालिका-२ तेघरी खानेपानी टोल बस्ने बझाङ बुंगल नगरपालिका-२ दहबगर मल्ली बत्थी घर भएकी ४५ वर्षीया मंगली देवी धामीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १६ किलो १ सय ८० ग्राम र तराजु १ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको पदार्थ फेला पारी पक्राउ गरेको  हो ।

त्यस्तै, ललितपुरको ललितपुर महानगरपालिका-१८ चोभार भञ्याङ थानागाँउस्थित युके हिल्स क्याफे एण्ड स्नोकर हाउसबाट नियन्त्रित लागूऔषध ट्रामानिल ६ सय २ ट्याब्लेट, नाइट्राभेट २ ट्याब्लेट, अवैध लागूऔषध गाँजा ५० ग्राम सहित क्याफे संचालक धादिङ रूबी भ्याली गाउँपालिका-५ घर भएका ४६ वर्षीय दल बहादुर तामाङ समेत १९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले क्याफेबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  १ : २० बजे

जाँचबुझ आयोगलाई आईजीपी खापुङले बुझाए स्पष्टीकरण

काठमाडौँ– नेपाल प्रहरीका आईजीपी चन्द्रकुबेर खापुङले सरकारले गठन गरेको जाँचबुझ

‘नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य’

काठमाडौं – चिकित्सकले निर्धारित समय अघि नै जन्मिएका नवजात शिशुको

काभा यु–१९ महिला भलिबलः नेपालले माल्दिभ्सलाई हरायो

काठमाडौं – श्रीलङ्काको कोलम्बोमा जारी सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा)

विमलाको ह्याट्रिक, आर्मी सेमिफाइनलमा

झापा- विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई

एसएसपी प्रकाश रानाभाटको राजीनामा स्वीकृत

काठमाडौं – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटको राजीनामा